छ महिनापछि पृथ्वीमा

-- NTA REP. / प्रकाशित मिति : सोमवार, साउन १०, २०७३

बेलायती अन्तरिक्षयात्री टिम पीके अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ऐतिहासिक ६ महिने बसाइपछि पृथ्वीमा फर्किएका छन् । मेजर पीके र अन्य दुई यात्री बोकेको सोयुज क्याप्सुल २५ जुलाईका दिन स्थानीय समय सवा १० बजे कजाकस्तानमा अवतरित भएको हो । पीकेले पृथ्वी फिर्दाको यात्रालाई जीवनकै सबैभन्दा राम्रो भनेका छन् । ‘पृथ्वीको गन्ध साह्रै तिख्खर छ,’ उनले भनेका छन् । पीकेभन्दा पहिले बेलायतका हेलेन सर्मानले सन् १९९१ मा अन्तरिक्ष यात्रा गरेका थिए । १ सय ८६ दिन लामो अन्तरिक्ष बसाइका क्रममा पीकेले रिमोटको सहायताले पृथ्वीमा रोबोट समेत चलाएका थिए । दिउँसो ३ बजेतिर मेजर पीके हेलिकप्टरमा करागान्डी एयरपोर्ट ओर्लेका थिए ।