मंगलग्रहमा लाङटाङ

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, साउन ६, २०७३

मंगलग्रहको सतहमा देखिएको एउटा खाल्डोको नाम लाङटाङ राखिएको छ । अघिल्लो वर्षको विनाशकारी भूकम्पमा एकदमै प्रभावित नेपाली गाउँलाई उक्त खाल्डाको नामकरण निम्ति प्रयोग गरिएको हो । अन्तर्राष्ट्रिय खगोल युनियनले करिब ६ माइल चौडा उक्त खाल्डोलाई लाङटाङ नाम दिएको हो । अप्रिल २५ को भूकम्पले पदयात्राका लागि संसारभर प्रख्यात गाउँलाई सखाप पारेको थियो, जसमा कम्तीमा २ सय १५ जना मारिए । भूकम्पले ल्याएको हिम पहिरोले गाउँ नै बगाएको थियो । नेपाली गाउँप्रतिको समवेदना स्वरूप उक्त नामकरण गरिएको अनुसन्धानर्ता जालिङ डी हासले बताएका छन् । नेदरल्यान्डको उटरेच्ट विश्वविद्यालययमा फिजिकल जियोग्राफी अध्ययन गर्दैछन् ।