तालिमकेन्द्रमा आत्मघाती आक्रमण

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३

pakistan-attackपाकिस्तानको क्वेटा सहरस्थित एउटा प्रहरी तालिम प्रतिष्ठानमा उग्रवादीहरूले गरेको आक्रमणमा कम्तीमा ५९ जना प्रशिक्षार्थी र सुरक्षागार्ड मारिएका छन् । तालिम केन्द्र प्रवेश गरी हमलाकारीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्त ४ घण्टाभन्दा बढी चलेको थियो । आक्रमणमा सय जनाभन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले लस्कर ए जाङ्भी नामक उग्रवादी समूहले आक्रमण गराएको बताएका छन् तर तथाकथित इस्लामिक स्टेट (आईएस) ले समेत आफूले लडाकुहरूबाट उक्त घटना गराइएको दावी गरेको छ । आत्मघाती विस्फोटक भेस्ट लगाएका तीन हमलाकारी तालिम केन्द्रभित्र प्रवेश गरी आक्रमण प्रारम्भ गरेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सैनिक तथा अर्धसैनिक दस्ताको जवाफी कारवाहीका क्रममा केन्द्रबाट सयौं तालिमेहरूलाई बाहिर निकालेर उद्दार गरिएको थियो ।