मधेसी कम्युनिटी भिक्टोरिया ( एमसीभी ) काे साधारण सभा सम्पन्न
डा. सुरेन्द्र रौनियारको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति गठन

अष्टेलियामा रहेका नेपाली समुदायहरु आफ्नो पहिचानको सम्बर्द्धनको लागि विभिन्न संघ, संस्था तथा समूह गठन गरेर अगाडी बढिरहेका छन् । यसरि नै अगाडी बढेको छ, मधेसी कम्युनिटी भिक्टोरिया ( एमसीभी ) । मधेसी कम्युनिटी भिक्टोरियाले विगत केही वर्ष देखी आफ्नो कला संस्कृति तथा पहिचानको सम्बर्द्धन संगै एक-अर्कालाई सहयोग गर्दै एकताबद्ध भइ अगाडी बढ्नको लागि संस्थागत रुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यकारी समिति गठन गरि व्यवस्थित तरिकाले समुदायको लक्ष्य पूरा गर्न लागिपरेको यस समाजले आगामी कार्यकालको लागि नयाँ समिति समेत चुनेको छ । गत डिसेम्बर १६ मा भएको साधारण सभाबाट कार्यसमितिका पदाधिकारीहरुको चयन गरिएको हो । डा. सुरेन्द्र रौनियारको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गोपाल कुमार साह, सचिवमा सन्तोष कर्ण, कोषाध्यक्षमा प्रमोद पटेल र सदस्यहरुमा जय चन्द्र झा, रजनीश साह, अजय साह, रीना देओ हुनुहुन्छ । कार्यसमितिमा चयन भएका सबै सदस्य समुदायको भावना, संस्कृति, त्यसभित्रका व्यक्तिहरुको समस्या तथा चाहना आदिलाई राम्रोसंग बुझेका व्यक्तिहरु भएकोले यो कार्यसमितिले भिक्टोरियामा रहेको मधेसी समुदायलाई अगाडी बढाउनको लागि प्राभावकारी रुपमा अगाडी बढ्न सकिनेमा आफू विश्वस्त रहेको अध्यक्ष डा. सुरेन्द्र रौनियारले बताउनुभयो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...