मेल्वर्नमा राष्ट्रियता र स्वाभिमान जागरणकालागि कार्यक्रम हुँदै

-- नीरु त्रीपाठी, नेपाली टाइम्स अस्ट्रेलिया ?>

 अस नेपाल न्युजको प्रस्तुतिमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज र नागरिक समुह नेपाल तथा सहास मेलबर्नको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा सकारात्मक जीवन, राष्ट्र, राष्ट्रियता र स्वाभिमान जागरणकालागि भव्य उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालका मन्त्री परिषदका पूर्व अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा पूर्व प्रधानन्यायधिश खिलराज रेग्मी, विश्व शान्ति परिषदका शान्तिदूत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), प्रख्यात संचारकर्मी तथा प्रखर वक्ता प्रेम बानियाँ, नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने छ । राजनीतिक दल , गुट र उपगुट भन्दा पनि स्वच्छन्द राष्ट्र निर्माण र जीवन उत्थानको कार्यक्रम भएकाले यो अष्ट्रेलियाकै एक ऐतिहासिक कार्यक्रम हुने अनुमान गरिएको यस कार्यक्रममा एनआरएनहरुको भूमिका, नेपालको प्रशासनिक, आर्थिक, सामाजिक चुनौती र समाधानका उपाय, नेपालका सम्भावनाहरु, सुखी जीवनको रहस्य आदि बारे छलफल गरिने बताइएको छ । कार्यक्रम आगामी १८ फ्रेब्रुअरी, आइतबारका दिन साइप्रस कम्यूनिटि सेन्टरमा दिउँसो १ बजे देखि ४ बजे सम्म हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रममा सहभागीताको लागि सिमित सिट भएकोले ०४४९८३९३८५ मा सम्पर्क गरेर सिट बुकिङ्ग गर्नु पर्नेछ।