बिदेशमा बस्ने नेपालीहरूलार्इ खेलकुदमा समेटन के गर्नु पर्छ
मोजाको बल बनाई फूटबल खेलेको, अनि स्कूल छुट्टि हुनेबित्तिकै दौडदै उसु, कराँते खेल्न गएको याद दिलायाे यसपालिको साग च्याम्पियनशिपले १२ औं साग खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतका २३ बर्षमुनिको टोलिबीचको खेलमा नेपालले भारतलाई जितेर स्वर्णपदक हात पार्दै गर्दा अनि,जुडोको महिलातर्फ ६३ केजीमुनि तौलमा फुपु ल्हामु खत्रीले र उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण पदक जित्दा आम स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरूको खुसीको सीमा नै रहेन । गरे के हुदैन रहेछ र ? खेलकुदमा यसरी सफलता हासिल गर्दै जानु पक्कै पनि खुसीको कुरा हो हामी सबैका लागि ।
प्रसङ्ग हालै सम्पन्न साग च्यम्पियनसिप र खेलकुदमा पाएको सफलता, नेपालले यसरी स्वर्ण पदकहरू हात पार्दै गर्दा तपाइलाई कस्तो अनुभव भयो ?
के कतै सरकारले यस्ता राष्ट्रका गौरबशाली खेलाडीहरूलाई आबश्यक स्रोत र साधन, सुबिधा पुर्याउन सक्ला ? नसकेको खण्डमा के हुनसक्ला ?
अष्ट्रेलिया लगाएत बिदेशमा बस्ने नेपालीहरू खेलकुदमा रुचि भएको देखिन्छ, उहाँहरूलाई समेट्न सके कस्तो होला र समेट्न के गर्नुपर्ला ?
उषा लम्साल
धेरै बर्षपछि नेपालले जित्नुको खुसी त छंदै थियो तर नकाबन्दी गरेर हाम्रो देशलाई पीडा दिएकोले भारत सरकारप्रति मन खुसी थिएन र भारतसंग अन्तिम खेलमा जितेकोले झनै खुसी लाग्यो गर्ब लाग्यो । नेपालले यसरी स्वर्णपदक जित्दै जाँदा देशमा बस्ने या प्रवासमा बस्ने नेपालीहरूलाई यो भन्द अरु खुसीको कुरा के हुन सक्छ र ? धेरै उत्साहित र खुसी भयौं ।
जब गेम हुन्छ तब मात्रै ध्यानाकर्षण हुने हाम्रो सरकाले चाँहि राम्रोसंग सोच्ने समय आएको छ जस्तो लाग्छ मलाई । सुन्नमा पाइन्छ नेपाली खेलाडीहरूलाई उचित सुबिधा प्रदान् गरिएको छैन । जितेर आयो भने बिजयी नारा लगाउने तर हारेर आयो भने वास्ता नगर्ने जुन पक्कै पनि राम्रो होइन । खेल भनेको उनीहरूको लागि भबिष्य हो, जागिर हो, समर्पण हो त्यसैले यसमा ध्यान दिन जरुरी हुन्छ । नत्र धेरै पछाडि जानेछ ।
बिदेशमा भएका खेलाडीहरू लाई पनि समेट्नु पर्दछ, उनीहरूसंग भएको शीप, ज्ञाानलाई शेयर गर्ने अनि नयाँ–नयाँ योजनाहरू बनाउन सकिन्छ । हुन त यहाँ बिभिन्न क्लबहरू बाट खेलहरू भैरहेको हुन्छ त्यसैलाई निरन्तर दिने र उनीहरूको संरक्षणका लागि बार्षिक गेमहरू गराउनु पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई । र अन्त्यमा, नेपालीले पाएको सफलताको लागि फेरि बधाई र आगामी दिनमा पनि यस्तो होस् भन्ने कामना ।
अभियान थापा
नेपालले यसरी खेलकुदमा पाएको सफलताले म एकदम खुसी भएँ । साच्चै भन्नुपर्दा नेपाली खेलाडीहरूको यो मेहनतलाई कदर गर्नै पर्छ । म आफैलाई पनि निकै भाग्यशाली अनुभूति भयो कि म पनि नेपाल आमाको छोरा हो भनेर । अब सरकारको कुरा गर्दा चाहि, राजनीतिमा नै अल्झने र कुर्चीको लडाईलाई मात्रै मध्यनजर गर्ने हो भने त खासै परिबर्त नहोला तर खेलकुद पनि देशको एक पहिचान हो भनेर समयमा नै लाग्नसके साच्चै नै यसले फड्को मार्ने छ, खेलाडीहरूको लागि बिशेष सुबिधा दिन जरुरी छ । समयमा नै ध्यान दिने हो भने देशको र खेलाडीको उज्वल भबिष्य छ । बिदेश भनौ या अष्ट्रेलियामा खेलमा रुचि भएकाहरूलाई समेट्नको लागि एक स्पोर्टस र रिक्रियसनल क्लब जहाँ नेपाली युवाहरू लाई समेटियोस् । हप्ता–हप्ता भेट्न नसकेपनि दुई–दुई हप्तामा भए पनि भेटेर सानो तिनो गेमहरू आयोजना गर्दै जाने गरियो भने पक्कै पनि लाभदायक हुन्छ ।
सुजन सिलवाल
नेपाल एक यस्तो देश हो जहाँ कला, संस्कृति, रहनसहन भिन्न भिन्न छन् । बिभिन्न प्रतिभाका धनीहरू छन् । चाहे कला होस् या खेलकुद । अथाह मेहनत अनि परिश्रमी हुनाले होला यसपालिको स्वर्ण पदकहरू जित्न सफल भएको । यसरी जित्दै गर्दा धेरै खुसी भएँ ।
हामी देश तथा बिदेशमा बस्ने नेपालीहरू या भनौ खेलाडीहरू सबै जनाले आफ्ना उद्धेश्य तथा योजनाहरू लाई एक ठाउँमा संकलन गरेर सरकारको सहयोग चाहिन्छ भने एकै भ्वाइस बनाएर जाने, एक अर्कामा खुट्टा तान्ने प्रवृति भन्दा पनि प्रोत्साहन गर्ने बानि गर्ने, एक अर्काबीच सहयोग गर्ने हो भने पक्कै पनि झन् प्रगति हुनेछ, हरेक दिन नयाँ–नयाँ खेलाडीहरू जन्मन्छन् उनीहरूलाई त्यहि अनुसारको वातवरण दिन परिवारको पनि प्रमुख भूमिका हुन्छ त्यसपछि सरकारको पनि । यसमा सबैले बेलामा नै ध्यान पुर्याउनु पर्छ ।
शुसिला महर्जन
फुटबलको कुरा गर्नुपर्दा यसपाली लाईभ हेर्ने मौका पाइयो, जित्छ भन्ने लागेको थियो र जित्यो पनि त्यो पनि इन्डियालाई, खुसीको सीमानै रहेन । वास्तबमा नेपालले यसरी स्वर्णपदक जित्नुमा उनीहरूको मेहनत, परिश्रमलाई चाहिँ हामीले कदर गर्नै पर्छ र सम्मान गर्नै पर्छ । आकारको हिसाबले नेपाल सानो भएपनि हरेक क्षेत्रमा यसरी अगाडि बढ्न सक्नु स्वागतयोग्य हो । र भबिष्यमा पनि यसरी जित्दै अगाडि जाओस् भन्ने शुभकामना दिन चाहन्छु । नेपालले यसरी जित्नु हाम्रो गौरब हो शान हो ।
अब यस्ता खेलाडीहरूलाई जोगाउन पक्कै पनि आबश्यक सुबिधाहरू सरकारबाट ब्यबस्था हुनुपर्छ नत्र खेलको अस्तित्व धरायशी हुनेछ हराउँदै जानेछ । खेलाडीहरूलाई आबश्यक ट्रेनिङहरू प्रदान गर्ने, आबश्यक सुबिधाको ब्यबस्था गर्न सरकार अगाडि बढनै पर्दछ । हरेक बिधामा परिश्रम गर्नेहरू लाई सरकारले उचित ब्यबस्था गर्न हिच्किचाउनु हुन्न । जित्यो भने खुसी हुने र उपहारको ब्यबस्था गर्ने नत्र नगर्ने प्रवृत्तिको चाहि अन्त्य हुनुपर्दछ जस्तो लाग्दछ ।
यहाँ भएका खेलप्रेमिहरूलाई पनि समेट्नु उचित हुन्छ समय समयमा टुर्नामेण्ट हरू गराएर निरन्तरता दिनु राम्रो हुन्छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...