सिड्नीमा २५२६औं बुद्ध जयन्ती मनाइयो 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५
बुद्ध दर्शन समिति अष्ट्रेलियाको संयोजकत्वमा २५६२औ बुद्ध जयन्ती उल्लासमय बाताबरणमा सम्पन्न भएको छ ।  गत ६ मे २०१८ आईतबार सिड्नीको टेम्पे स्थित होल्बेक एभेन्यु , टेम्पे रीजर्व पार्कमा आयोजित बुद्ध जयन्ति बुद्ध दर्शन समितिको सयोजकत्वमा सम्पन्न भएको हो ।  नेपाली बुद्धिस्ट सेन्टरका लागी नेपालबाट निम्त्याएका धर्मगरु लोपेन छुल्डिम दोर्जी लामाद्वारा बुद्ध पुजा गरि शुरु गरिएक सो जयन्तिमा धर्म गुरु द्वारा बुद्ध प्रबचन, विश्व शान्ति परिषदका शान्तिदूत आचार्य राजन शर्माद्वारा विपश्यना ध्यान तथा अतिथिहरु द्वारा  शुभकामना आदन प्रदान गरिएको थियो।
अष्ट्रेलियाका लागि नेपाली राजदूत माहामहिम लक्की शेर्पाको प्रमूख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रममा न्यु साउथ वेल्सका नेपाली महाबाणिज्य दुत दिपक खड्का लगाएत तमु समाज , मगर समाज, छन्त्याल समाज, थकली  समाज, गुठी अष्ट्रेलिया, रुपन्देही सामाजिक सन्जाल, एनआरएनए अष्ट्रेलिया, नेपाली रिक्रियसनल क्लब लगाएत थुप्रै सामाजिक संघ संस्था एबं व्यक्तित्वहरुको सहभगिता रहेको थियो।
सोहि समय र स्थानमा २५२६औ बुद्ध जयन्तीकै अवसर पारि आयोजन गरिएको  बुद्ध कप फूट्बल खेलमा  32 नेपाली फूट्बल टिम सहभागी भएका थिए भने महिलाहरुका लागी म्यूजिकल चेयरको मनोरन्जानात्मक खेलहरु खेलाइएको थियो।  त्यसैगरी उक्त दिन कार्यक्रममा आवत जावतका लागि एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिले ट्रेन स्टेशनबाट शटल बसको व्यवस्था गरेको थियो भने नेपाली डाक्टर/नर्सहरु द्वारा निशुल्क ब्लड प्रेसर र सुगर जांचको पनि व्यवस्था गरिएको थियो। 
यसै सन्दर्भमा बुद्ध दर्शन समिती तथा २५२६औ बुद्ध जयन्ती कार्यक्रमका संयोजक निमा शेर्पाले बुद्ध दर्शन समितीको पहल तथा अष्ट्रेलियामा बस्ने नेपालीहरु सबैको सहयोगमै नेपाली बौद्ध केन्द्र निर्माण गरिने समेत बताए । शान्तिका दुत भगवान बुद्ध नेपालमा जन्मेकोमा हामि गर्ब गर्दछौ, अस्ट्रेलियामा अत्यधिक बुद्ध धर्मवामलाबी रहेको मुलुक भएकोले अष्ट्रेलिया र नेपाललाई बुद्धका  संदेशहरु  शान्ति, दया माया करुणा मार्फत जोड्नको लागि पनि प्रस्तावित नेपाली बौद्ध केन्द्र प्रभावकारी हुन कुरामा हामि बिस्वस्त रहेको र अस्ट्रेलियामा निर्माण गरिने नेपाली बौद्ध केन्द्र बुद्धको जन्मस्थल नेपालको धार्मिक पर्येटन प्रबर्धन गर्नुका साथै यहाँ रहने सम्पूर्ण नेपालीहरु लाई एकता र सद्भावनाको सुत्रमा बाँध्न नेपाली बौद्ध केन्द्रको भूमिका महत्वपूर्ण हुने कुरा संयोजक निमा शर्पाले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।