साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५
नेपालीहरु बिच आपसी सद्भभाव,नेपाली संस्कृति प्रवर्धन गर्ने अभिप्रायले स्थापित साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटिले आफ्ना बिबिध सामाजिक गतिविधि अन्तर्गत एकदिने बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले यहाँको रेडक्रस सँगको सहकार्यमा न्युसाउथ वेल्सको दक्षिण भेग साउदर्न हाईल्याण्ड  स्थित मिट्टागँग रोडमा रहेको रेडक्रस मोबाईल सेवा परिसरमा मे १० का दिन बिहान १० बजेबाट दिउसो १२.३० सम्म रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
उक्त अबसरमा मिट्टागँग, बोरल तथा मोसभेल आसपास बसोबास गर्ने १४ रक्तदाताहरु ले होल ब्लड (Whole Blood) दान गर्नु भएको साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटिका सचिव किसोर शर्मा (डि्ल्ली) ले जानकारी दिए । कार्यक्रमलाई संस्थाका संस्थापक सदस्य सुरेस देब आचार्यले संयोजन गरेका थिए भने संस्थाका अध्यक्ष अरुण गौतमले यस्तो पुण्य कार्यको निमित्त स्व-ईच्छा रक्तदान गर्न उत्साहित हुँदै उपस्थित हुनुहुने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समुदायको हरेक गतिबिधिहरुमा यसैगरी साथ दिन सबैमा अनुरोध गरे।