बाल साहित्य महोत्सबको आयोजना हुँदै
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एनएसडब्लुको आयोजनामा आउँदो २७ मे २०१८ आईतबारका दिन “बाल साहित्य महोत्सव” को आयोजना हुँदैछ । अष्ट्रेलियामा रहेका नेपालीभाषी बालबालिकाहरू मा नेपाली भाषा र साहित्यप्रति रुचि उत्पन्न गर्ने तथा आफ्नो भाषा, संस्कृती र साहित्यप्रति उत्तरदायित्व महशुश गर्न प्रोत्साहन गर्ने मूल उद्देश्य सहित आयोजना गर्न लागिएको सो कार्यक्रममा आफ्ना छोराछोरीहरू लाई कविता वाचनको लागि कविता सहित सहभागि गराईदिनुहुन अनेसास एनएसडब्लुले अभिभाबकहरू लाई हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रममा सहभागी बालबालिका मध्ये तीन जनालाई प्रोत्साहन स्वरुप बिशेष पुरस्कारको र सहभागी सम्पूर्ण बालबालिकाहरूलाई प्रमाणपत्र र नेपालबाट प्रकाशित भएको कुनै एक नेपाली बालसाहित्य प्रदान गर्ने पनि संस्थाको तर्फबाट अध्यक्ष सानु घिमिरेले बताइन् ।
सिड्नी एसफिल्डमा रहेको एस्फिल्ड पोलिस क्लब (७३ नोर्टन स्ट्रीट, एशफिल्ड) मा हुने उक्त कार्यक्रम दिउसो १:३० बजेबाट ४ बजेसम्म हुनेछ । कार्यक्रममा सहभागी हुन निम्न लिखित कुरामा ध्यान दिनु हुन पनि सम्पूर्ण अभिभाबक र सहभागीहरू लाई अनुरोध गरिएको छ ।
१. पाँच बर्षदेखि १४ वर्ष सम्मका बालबालिकाहरूले बाल साहित्य महोत्सवमा भाग लिन पाउनेछन् ।
२. कविता प्रतियोगिताको लागि कविताको शीर्षक खुल्ला राखिएको छ । तर व्यक्तिगत आक्षेप लगाईएका कवितालाई सो प्रतियोगितामा मान्यता दिइने छैन ।
३. कबिता नेपाली भाषामा लेखिएको हुनु पर्नेछ ।
४. बालबालिका स्वयंले कबिता लेखेको हो कि अभिभावकले लेखेको हो, छुट्याएर पठाउनु पर्नेछ ।
५. सो कार्यक्रममा बालबालिकाहरूले वाचन गर्ने एकप्रति कविता ष्लकि।लकध२नmबष्।िअयm मा १३ मे २०१८ आइतबार सम्ममा पठाईसक्नु पर्नेछ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...