यु टि एस इनसर्च (UTS Insearch) को ईन्जिनियरिङ्ग कक्षामा नेपाली विद्यार्थी प्रथम

काठमाडौंकी विद्यार्थी नेपालको आवासीय विकासको सुधारार्थ अध्ययन गर्नका लागि उत्प्रेरित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०७५

 

सिड्नीस्थित पाथवे कलेज (UTS Insearch) मा ईन्जिनियरिङ्गमा पहिलो वर्ष अध्ययन गरिरहेकी नेपाली विद्यार्थी तान्या मुखिया (Tanya Mukhia) कक्षा प्रथम भएकी छिन् । उनले समुदायलाई सहयोग गर्ने तथा जीवन–अध्ययनमा स्वस्थ सन्तुलन कायम गर्ने उद्देश्यले उच्चतम शैक्षिक परिणाम ल्याउन सक्छ भन्ने तथ्यलाई प्रमाणित गरेकी छिन् ।

UTS Insearch मा अध्यापन गरिने डिप्लोमा अफ ईन्जिनियरिङ्ग कक्षामा ७ मा ६.७५ को प्रभाबशाली सरदर ग्रेड अंक ल्याउँदै प्रथम भएपश्चात् तान्या सिभिल ईन्जिनियर हुने उनको लक्ष्यको बाटो तर्फ राम्ररी अगाडि बढेकी छिन् ।  नेपालमा २०१५ को भूकम्पको व्यापक विनाशलाई अवलोकन गरेपश्चात, सुश्री मुखियाले University of Technology Sydney (UTS) (अष्ट्रेलियाको नम्बर १ कलिलो विश्वविद्यालय) मा सिभिल ईन्जिनियरिङ्ग अध्ययन गने निर्णय गरिन, किनकी उनी नेपालको आवसीय क्षेत्रहरूमा निर्माण मापदण्डलाई सुधार गर्नका लागि महत्वकांक्षी छिन् ।

३ अप्रिल २०१८ मा, एक विशेष पुरस्कार समारोहमा सुश्री मुखियाको शैक्षिक परिणामलाई सम्मान गरियो जसमा उनले डिप्लोमा अफ ईन्जिनियरिङ्गका लागि आउटस्ट्याण्ङि ग्राजुयट प्राइज (Outstanding Graduate Prize) प्राप्त गरिन् ।

UTS Insearch का डीन, टिम लौरेन्स (Tim Laurence) ले उक्त पुरस्कारको घोषणा गर्नुभयो । श्री Laurence ले भन्नुभयो – “हामी यी शैक्षिक पुरस्कारहरू प्रदान गछौं ता कि हामी औपचारिक तथा सार्वजनिक रुपमा हाम्रा विद्यार्थीहरूको उपलब्धिहरूलाई पहिचान गर्न सकौं । त्यसैले हाम्रा विद्यार्थीहरू प्रति हाम्रो विश्वास दर्शाउने उनीहरूलाई निरन्तररुपमा उपलब्धि हाँसिल गर्न प्रेरित गर्ने यो एउटा गतिलो तरिका हो ।” श्री Laurence ले भन्नुभयो । अष्ट्रेलियामा ईन्जिनियरिङ्ग अध्ययनमा सुश्री मुखियाको प्रतिबद्धताले थुप्रै चुनौतीहरूको सामना गर्नु परेको छ, जस्तै उनले काठमाडौंका परिवारबाट टाढिदै अष्ट्रेलियामा विद्यार्थीको रुपमा जीवन समायोजन गर्दैछिन् ।

“जब सिड्नीमा पहिलो पटक आएँ, म एकदमै बेचैन थिएँ किनकी मैले एक्लै यात्रा गरेको र एक्लै बसेको यो पहिलो पटक थियो । यो शहर मलाई साँच्चै नै नयाँ लाग्यो । नयाँ अनुहारहरू तथा नयाँ संस्कृति । सिड्नी बारेको राम्रो कुरा भनेको यहाँ अनुकुलित हुन धेरै सजिलो छ । त्यसैले मैले कठिनाइ वा फरक अनुभूति गरिन । UTS Insearch तथा शहर वरपर दुवैमा तपाईँ यहाँ भिज्न र नयाँ मान्छे सँग परिचित हुन सक्नुहुन्छ । यो एउटा रमाइलो र बस्नका लागि रोचक स्थान हो ।”

साथै, आफ्नो परिवर्तनको सफलताको श्रेय उनी UTS Insearch मा अध्ययन गर्दाताका त्यहाँको सहायता प्रणाली र उनले बनाएका साथीहरूलाई दिन्छन् ।   “त्यहाँ ती सबै साना अनुभवहरू थिए जसले आज म जे छु त्यो बन्न मलाई मद्दत गऱ्यो । उनी भन्छिन् । कसरी मेरो मुल्याड्ढनहरू पूरा गर्ने भन्नेमा मैले प्रसस्त मार्गदर्शन प्राप्त गरें । मलाई ज्ञान तथा अनुभव प्रदान गरेर मेरो अध्ययनको दौरानमा मलाई मद्दत गर्ने शिक्षक तथा प्रध्यापकहरूलाई म श्रेय दिन चाहन्छु मेरा साथीहरूले पनि मलाई अभिप्रेरित गर्नु भयो ।”

उनी अन्यलाई अभिप्रेरित गर्न पनि उत्साहित छिन्, विशेष गरी महिला तथा युवाहरू जो ईन्जिनियर हुँदै छन्, र सोही बाटो पहिल्याउनेहरूका लागि एक परामर्सदाताको भूमिका खेल्न चाहन्छिन् ।

सुश्री मुखियाले अहिले सिभिल ईन्जिनियरिङ्गलाई मुख्य विषय बनाउँदै UTS को व्याचलर अफ ईन्जिनियरिङ्गमा दोस्रो वर्षको कक्षा शुरु गरेकी छिन् ।

 

UTS Insearch बारे

UTS ले विद्यार्थीहरूलाई उनीहरू संसार भरका रोजगारदाताद्धारा उच्च रुपमा खोजिने कामका लागि तयार ज्ञान तथा करियर सीप सहित सुसज्जित भएको सुनिश्चित गर्न अनुभवि स्टाफद्धारा संचालित उच्च गुणस्तरको शिक्षा र विश्वस्तरिय सुविधा प्रदान गर्दछ ।

इण्डोनेसियन विद्यार्थीहरूले आफ्नो अध्ययन UTS Insearch मा शुरु गर्न सकिन्छ, आवश्यक भए उनीहरूको अंग्रेजीलाई सुधार गरेर, र UTS को आधारभूत अध्ययन कार्यक्रम (UTS Foundation Studies program), डिप्लोमाको अध्ययनले उनीहरूलाई  UTS को आर्किटेक्चर, विजनेस, कम्युनिकेसन, डिजाइन, ईन्जिनियरिङ्ग, आइर्टी तथा साइन्स कोर्समा प्रवेश पाउनका लागि योग्य बनाउँछ ।यो हर्ष,  UTS Insearch ले Aus $ 210,000 भन्दा बढीको पुरस्कार शैक्षिक परिणाममा विशिष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरूका लागि प्रदान गर्दछ ।