नेपालीको लगानीमा नयाँ शैक्षिक संस्थाको सुरुवात 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ ७, २०७५
बिश्व भरका बिद्यार्थीहरुको उच्च शिक्षा अध्यानका लागि उच्च रोजाईमा परेको देश अष्ट्रेलियामा गुणस्तरिय शिक्षा दिने उदेश्यले एक पछि अर्को शैक्षिक संस्थाहरु खुल्ने क्रममा पूर्ण नेपाली लगानी र नेपाली स्वामित्वमा नयाँ शैक्षिक संस्थाको शुरुवात भएको छ । सिड्नी सिबिडिको सेन्ट्रल स्टेसनबाट केहि मिटरमा रहेको किङ्सफोर्ड कलेजको गत मे १८ का साँझ ठुलो संख्यामा उपस्थित शैक्षिक परामर्शदाता र उधमीहरु बीच बिधिबत उद्घाटन भएको छ । न्यू साउथ वेल्सका महावाणिज्यदूत दीपक खड्का र अर्डर अफ अष्ट्रेलियाबाट सम्मानित इन्द्रा बनले उक्त कलेजको बिधिबत उद्घाटन गर्नु भएको थियो। उद्घाटनका क्रममा दुवै अतिथिले अत्यधिक नेपाली बिधार्थीको उपस्थित रहेको अष्ट्रेलियामा शैक्षिक क्षेत्रमा एक पछि अर्को नेपालीको उपस्थीती हुनु एकदम राम्रो कुरा भएको बताए ।
  
अष्ट्रेलियाको नेपाली समुदायमा परिचित युवा ब्यबसायीहरु भिम खरेल र राज खनालको लागनीमा खुलेको उक्त कलेजमा हाल
डिप्लोमा अफ विजनेश, डिप्लोमा अफ प्रोजेक्ट मेनेजमेन्ट , डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी र एडभान्स डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी प्रोजेक्ट मेनेजमेन्ट गरि चार कोर्षहरूको अध्यापन सुरु गरिसकिएको छ र भविष्यमा थप कोर्षहरु थप्दै लगिने पनि कलेजका मर्केटिङ्ग म्यानेजर प्रकाश खरेलले बताए । उदघाटनका क्रममा कलेज संचालकद्दय भिम खरेल र राज खनालले कलेज खोल्दा बीचका चुनौतीहरु र आज सम्म आफ्नो अनुभब बाँडेका थिए । आफुहरुले शिक्षा जस्तो पेशामा लगानी गर्दा भोलिको पुस्ता सम्मले पनि यसलाई निरन्तरता दिने हुँदा दिर्घकालिन सोच सहित यो सेवामुलक ब्यबसाय रोजेको बताए ।  त्यसैले पनि आफुहरुले कलेजको भौतिक संरचना देखि बदलिदो टेक्नोलोजी अनुसार अध्यापन गराउने उदेश्यले कुनै पनि कुराको गुणस्तरमा कम्पर्माइज नगरेको बताए ।
सेन्ट्रल स्टेसनबाट पैदल दुरी (L6, 136 Chalmers Street Surry Hills, NSW 2010) मा रहेको उक्त किङ्सफोर्ड कलेजको उद्घाटन समारोहमा उपस्थिति बिभिन्न देशका शैक्षिक परामर्शदाताहरु र उपस्थितिले कलेज प्रशासन संग बिबिध बिषयमा जनाकारी पनि लिएका थिए।