प्रदिप ढकाल बिजनेस अवार्डबाट सम्मानित 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १६, २०७५
प्यासिफिक कलेज अफ टेक्नोलोजीका संचालक एबम लामो समय देखि शिक्षा क्षेत्रमा सक्रीय प्रदिप ढकाल हालै कम्बरल्याण्ड बिजिनेस अवार्ड अन्तर्गत ‘बिजिनेस पर्सन अफ द इयर २०१८’ बाट सम्मनानित भएका छन्। कम्बरल्याण्ड बिजिनेस अवार्ड, कम्बरल्याण्ड काउन्सिल भरि संचालित ब्यबसायहरु मध्ये उत्कृष्ट ब्यबसायलाई दिने गरिन्छ। स्थानीय तबरमा ब्यबसाय र ब्यबसायीले पुराएको योगदान कदर पुरस्कृत गरिने बिबिध विधा मध्ये महत्वपूर्ण मानिने  बिजिनेस पर्सन अफ द इयरबाट ढकाल पुरस्कृत हुनु भएको हो । कम्बरल्याण्ड काउन्सिलमा मात्र २३ हजार ५ सय ब्यबसाय हरु दर्ता छन् भने उत्पदानमुलक, यातायात, होलसेल, ढुवानी र वेरहाउस, रिटेल क्षेत्रमा मात्र ८ हजार भन्दा धेरे ब्यबसायहरु सक्रिय छन् ।
कम्बरल्याण्ड काउन्सिलका मेयरबाट सम्मान ग्रहण गर्दै यति धेरै ब्यबसाय र ब्यबसायी बीचबाट आफु छानिएर यो विधामा पुरष्कृत हुन पाउदा आफुलाई निक्कै खुशी लागेको ढकालले बताए । यो आफु एक्लैको भन्दा पनि प्यासिफिक कलेज अफ टेक्नोलोजीका सबैको सामुहिक सम्मान भएको र यो गुणस्तरीय शिक्षा र सेवा  दिने सबै टिम मेम्बरको महेनतको प्रतिफल भएको पनि ढकालले बताए।
प्यासिफिक कलेज अफ टेक्नोलोजी भोकेसनल एजुकेसन र ट्रेनिङ्ग प्रोभाइडरको रुपमा अबर्नमा संचालित छ । यस कलेजमा स्थानिय र अन्तराष्ट्रिय बिधार्थीहरु लाई एकाउण्टिङ्ग, बिजिनेस, म्यानेजमेन्ट र आइटि बिषयहरुमा डिप्लोमा र एडभान्स डिप्लोमा तहको अध्यापन गराइन्छ । युनिभर्सिटी तहका लागि पाथ वे र भोलि रोजगारका लागि समेत सहज र दक्ष बनाउने उदेश्यले पढाइने यस कलेजमा हाल ३२ भिन्न देशका ६ सय भन्दा धेरै बिधार्थीहरु अध्यानरत छन्।