एक्स्पर्टले एजुकेसन र माइग्रेसन सेमिनार गर्दै

एक्स्पर्ट एजुकेसनले अष्ट्रेलियामा अध्यान गरिरहेका, थप अध्यान गर्न चाहानेहरु र माइग्रेसन हुन प्रकृयामा रहेकाहरु लाई मध्यनजर गर्दै एजुकेसन र माइग्रेसन सम्बन्धि उचित सल्लाहा सुझाब दिने उदेश्यले एक दिने सेमिनारको आयोजना गर्दैछ । आउदो जुन २ का दिन हुन गैरहेको उक्त सेमिनारमा इण्डस्ट्रि एक्स्पर्ट, माइग्रेसन एजेन्ट र युनिभर्सिटी एबम कलेजका प्रतिनिधिहरुलाई एकै ठाउँमा ल्याएर सेवाग्राहीलाई उचित सरसल्लाह र परामर्श दिन यो कार्यक्रमको आयोजना गरिएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसको तर्फ बाट एक प्रेस रिलिज गरि जानकारी गराएको छ।
प्रेस रिलिजका अनुसार उक्त सेमिनारमा दिउसो १२ देखि २ बजे सम्म दक्ष माइग्रेसन एजेन्टबाट ४८९ र १९० भिसाका बारेमा उपस्थितहरु लाई बृस्तृतमा जानकारी गराइनेछ। त्यसै गरि उक्त अवसरमा प्रोफेसनल एयर र NAATI/CCL कोर्ष र यसबाट कसरि ५ पोइन्ट लिन सकिन्छ भन्ने बारे बिज्ञ टिमले जानकारी गराउनेछ। त्यसरी नै १२ बजे देखि २ बजे कै सेसनमा PTE सम्बन्धि बृस्तित रुपमा सहभागीहरु लाई जनाकारी गराइने छ एबं निशुल्क PTE mock टेस्टको पनि आयोजना गरिनेछ ।
यसरी नै दिउसो २ बजे देखि ५ बजे सम्मको सेसनमा सहभागीहरु ले बिभिन्न १० युनिभर्सिटी वा कलेजका प्रतिनिधिहरु संग वान टु वान कुराकानी गर्ने सक्नेछन । जसमा आफु पढेन मन लागेको बिषय र यसबाट कयारियरको सबालमा पनि जानकारी लिन सक्नेछन्। यी युनिभर्सिटी र कलेज संग स्कोलरशिपको समेत ब्यबस्था भएका कारण यस क्रममा बिधार्थीहरु उक्त कलेज संग स्कोलरशिपको बारेमा समेत छलफल गरि मौकाको फाइदा लिन पनि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसले सबैलाई अनुरोध गरेको छ । सेमिनार Rydges World Square, Ballroom 1, 2 & 3, 389 Pitt Street Sydney, मा आउदो जुन २ का दिन दिउसो १२ बजे देखि साँझ ५ बजे सम्म संचालन हुनेछ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...