एक्सपर्टको फेयरमा यूनिभर्सिटिहरुबाट विशेष छुट

यही २७ तारिख जुनमा एक्सपर्टकै प्राङ्गणमा एक्सपर्ट एडुकेसन एण्ड माइग्रेसन फेयरको भव्य आयोजना गरिदैछ । एक दशक भन्दा लामो समय इन्टरनेसनल विद्यार्थीहरुमा समर्पित एक्सपर्टले यसपालीको फेयरमापनि इन्टरनेसनल विद्यार्थीहरुको लागि विभिन्न अवसरहरु लिएर आएको छ । दिउँसो बाह्र बजेदेखि साँझ पाँच बजेसम्म चल्ने यस फेयर पन्ध्र भन्दा पनि बढी यूर्निभर्सिटिहरुको सहभागिता रहेको छ । यूनिभर्सिटिसँगसँगै इन्सुरेन्स कम्पनिहरुको पनि सहभागिता बाक्लो रहनेछ ।
फेयरमा पहिलो ५० भिजिटरलाई विशेष प्राथमिकता पनि दिइएको छ । विशेष प्राथमिकतामा आई प्याड देखि लिएर ५० मूभि टिकेट, कपी, गुड्डी ब्याक्स तथा अन्य विभिन्न अफर पनि रहेको छ । यी र्याफल्सहरुसँगै फेयरमा लाइट खाजाको व्यवस्था पनि गरिएको छ । एक्सपर्ट फेयरमा एसियू, यूनिभर्सिटि अफ टास्मेनिया, चाल्र्स स्टट यूर्निभर्सिटि, टोरेन्स् यूनिभर्सिटि, फेडरेसन यूनिभर्सिटि, साउदन क्रस यूर्निभर्सिटि, मेल्वर्न पोलिटेक्निक, बक्सहिल इन्सिच्यूट, एमआइटी, होल्मर्स इन्सिच्यूट, मेन्जिस इन्सिच्यूट, केन्ट इन्सिच्यूट, एक्नलेज्ड् एजुकेसन लगायत प्रोफेसनल एयर्स र नाटी कोर्सेस प्रोभाइर्डस्हरु जस्तै प्रभर्मेन्स एडुकेसन, मोनास कलेज, इसीए, आरर्क र स्वाथ्य बीमा प्रोभाइर्डस्हरुमा अष्ट्रेलियन यूर्निटि, मेडिब्याङ्क, एएचएम ओएसएचसी, बूपाको सहभागिता रहने छ ।
उक्त फेयरमा पीटिई क्लास, यसको टिप्स र ट्रिक्सको बारेमा पनि जानकारी दिइनेछ । “यस फेयरबाट विद्यार्थीहरुलाई धेरैनै फाइदा हुने, यूनिभर्सिटिको प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी पनि गर्न पाउने र उनीहरुले यूनिभर्सिटिमा ३० प्रतिशत छुट, विशेष छात्रावृतिदेखि लिएर र उनीहरुको एप्लिकेसन फिसमा पनि छुट पाउने जानकारी मेल्वर्नको लागि एक्सपर्टका डिरेक्टर सरोज शर्माले नेपाली टाईम्स अष्ट्रेलियालाई बताएका थिए । त्यसैगरी उनले 489 & 190 को भिषाको बारेमा पनि विद्यार्थीहरुले बुझ्न सक्ने र रिजनल एरिया अर्थात् डारबिन, क्याबेरा, एडिलेड, टास्मेनिया पढ्न जाँदा भिषा थप्न र पीआरकोलागि कसरी सजिलो हुन्छ र त्यहाँ पढ्दाको फाइदाहरुको बारेमा पनि यस फेयर मार्फत विद्यार्थीहरुले जानकारी पाउन सक्ने बताए । यस फेयरबाट धेरै भन्दा धेरै विद्यार्थीहरुलाई फाइदा होस् र उनीहरु कुनै पनि राम्रा जानकारी र अवसरहरुबाट पनि नछुटोस् भन्ने हेतुले पनि यस फेयरको आयोजना गरेको सबै एक्सपर्ट मेल्वर्न टिमको धारणा रहेको छ । २००३ सालमा अष्ट्रलियामा स्थापित भएको एक्सपर्ट एजुकेसन, त्यसपछि नेपाल, २०१० सालमा मेल्वर्न हुँदै, दक्षिण एसियाको देश देखि विश्वको अन्य कुनामा छरिएको छ । सबै शाखाको एक्सपर्टमा लगभग दुई सयभन्दा बढी स्टाफहरु रहेको छ भने अहिलेसम्म ९७ प्रतिशत भिषा सक्सेस रेट पनि रहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



