स्कुलको सहयोगार्थ परोपकारी डिनर हुदै 

सहभागिताको लागि सबैमा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १३, २०७५
विकास र प्रबिधिमा संसार धेरै आगाडी पुगी सक्दा पनि हाम्रा गाउँ ठाउँ, त्यसमा पनि बिकट जिल्लाका कति बालबालिकाहरु अझै शिक्षाको उज्यालोबाट बन्चित छन् उनीहरुले अझै बिद्यालयको आँगन सम्म देख्न पाएका छैनन् । किताब, कापी र कलमलाई आफ्नै हातले छुन बन्चित थुप्रै बावु-नानीका समाचारहरु हामीले पढ्दै र सुन्दै पनि आएका छौ । प्रबिधिले सम्पन्न यस्तो मुलकमा बस्ने हामी नेपालीहरुलाई देशको शिक्षाको यस्तो यथार्थले न छुने कुरै भएन । प्रबास बाटै भए पनि देश शिक्षित भएको हेर्न चाहने अभिलाषा सहित नेपालका बिध्यालयलाई सहयोग गर्न ‘सम्पूर्ण प्रवासीहरु को चाहना शिक्षित राष्ट्रको कामना’ भन्ने मुल नाराका साथ एनआरएनए अष्ट्रेलिया, एनएसडब्लु राज्य समितिको आयोजनामा सिड्निमा परोपकारी गाला डिनरको आयोजना हुदैछ।
नयाँ सबिधान अनुसार सात प्रदेशमा विभाजित नेपालमा रहेका भिन्न-भिन्न साधन श्रोतबाट बन्चित ९ वटा स्कुलकामा हाल अध्यानरत गरीब तथा जेहेन्दार विद्यार्थीहरु र आर्थिक अभाबका कारण त्यस भेगमा आर्थिक अभाबका कारण बिद्यालय जान बन्चित बिधार्थीहरु को सहयोगार्थ एनआरएनए एनएसडब्लु गाला डिनरको आयोजना गरेको र यसबाट संकलित रकम तिनै बिधार्थीहरुका सहयोग गर्ने लक्ष्य लिएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु  संयोजक नन्द गुरुङले जानकारी दिए।
बिबिध संस्कृतिक प्रहसन र जानकारी मुलक संदेशहरु सहित आयोजना हुदै गरेको यस परोपकारी डिनरमा पेन्टर कृष्णको चित्रकलाको समेत प्रदर्शनी हुनेछ ।  त्यसै गरि कार्यक्रममा गत बर्षको HSC परिक्षामा ९५ % भन्दा माथि अंक सहित पास गरेका उत्कृष्ट बिध्यार्थिहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।
रक्डेलको इन्द्रेणी फंक्सन सेन्टरमा आउदो जुलाई ८ को साँझ हुने उक्त कार्यक्रममा उपस्थित भएर परोपकारी कार्यको हिस्सा बनिदिनु हुन एनआरएनए अस्ट्रेलिया, एनएस्डब्लु राज्य समितिले सबैमा हार्दिक अनुरोधगरेको छ । सहभागिताको निम्ति सहयोग स्वरुप टिकट डर  $६५ रहेको छ । यस सम्बन्धि सम्पूर्ण जानकारीका लागि संगै रहेको पोस्टर हेर्न र सम्पर्क गर्न अनुरोध गरिएको छ।