सिड्नीमा नेपाली भाषा पाठशाला सम्बन्धि सम्मेलन हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १३, २०७५
नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले अष्ट्रेलियाक भिन्न शहरहरुमा स्थापना भएर संचालनमा आइरहेका नेपाली पाठशालाहरु संग आबद्द बिद्यार्थीहरु, अभिभाबकहरु,  शिक्षक-शिक्षिकाहरु, स्वयमसेवकहरु एवं सञ्चालकहरु बिचमा भेटघाट भविष्यका पठन पाठन योजनामा एकरुपता र विचार आदान प्रदान गर्ने हेतु एक दिने राष्ट्रिय सम्मेलन सिड्नीमा आयोजना हुदैछ।
आउदो जुलाई ८ आइतबारका दिन सिड्नीको रक्डेल स्थित इन्द्रेणी फक्सन सेन्टरमा ( 588 Princes Hwy, Rockdale NSW 2216, Australia , Indreni  Function Centre) बिहान १० बजे देखि ५ बजे सम्म हुने उक्त कार्यक्रममा सहभागी हुनाका लागि  गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले एक प्रेस बिज्ञप्ति जारि गरि सबैमा अनुरोध गरेको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका प्रबक्ता डिला खरेल द्वारा जारि उक्त प्रेस बिज्ञप्तिमा अस्ट्रेलियामा वढ्दो नेपाली समुदायको उपस्थिति संगै आफ्नो कला, भाषा , साहित्य र संस्कृतिको जगेर्ना तथा संरक्षण गरि दोश्रो पुस्तामा हस्तान्तरण गर्न, अस्ट्रेलियामा संचालित विभिन्न पाठशालाहरु लाई उक्त संस्थाहरु को पाठ्यक्रम तथा अन्य शैक्षिक सामग्रीहरु मा  एकरुपता तथा उचित व्यवस्थापनमा सहयोग गर्न र दोश्रो पुस्तामा नेपाल, नेपाली र नेपाली कला, भाषा , साहित्य र संस्कृतिको वारेमा निरन्तर र उचित जानकारी गराई नेपाली कला, भाषा , साहित्य र संस्कृति लाइ जिवन्त राख्न सहयोग गर्नु यस सम्मेलनको उदेश्य रहेको बताइएको छ। सम्मेलन एनआरएनए अष्ट्रेलियाको नेपाली पाठशाला टास्क फोर्स समितीको प्रयासमा आयोजना गरिएको हो।