२०५औं भानु जयन्ती विविध कार्यक्रम सहित मनाइदै

अष्ट्रेलियन सरकारबाट भानु जयन्तीका लागि सहयोग प्राप्त
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १३, २०७५
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले बिगतका बर्षहरुमा जस्तै यस पटक पनि २०५ औ ं भानु जयन्ति विविध साहित्यक कार्यक्रम सहित मनाउदैंछ । हामी नेपाली, हाम्रो नेपाल भन्ने सन्देश सहित प्रतिष्ठानको १० औ बार्षिक उत्सब समेत मनाउन लगिएको उक्त अबसरमा सम्पूर्ण अष्ट्रेलीयावासी साहित्य प्रेमी एवं सर्जकहरू लाई सहभागी हुनको लागि प्रतिष्ठानले हार्दिक अनुरोध गरेको छ । जुलाई ७ तारिख शनिबारका दिन अपरान्ह ३ देखि  साँझ ७ बजे सम्म हुने उक्त कार्यक्रम होलराईड सेन्टर मेरील्याण्डस  (16 Memorial Av Merrylands)  मा हुदैछ । कार्यक्रममा प्रबासमा बसेर नेपाली साहित्य र कला संस्कृतिमा बिशेष योगदान पुर्याउने बिभिन्न महानुभाबहरू र  प्रोत्साहन स्वरुप बालबालिकाहरू लाई सम्मान गर्ने  समेत कार्यक्रम रहेको छ । सो कार्यक्रममा आफ्नो कविता, लेख रचना सहित सहभागी हुन सबैलाई संस्थाले अनुरोध गर्दै आफ्ना लेख रचनाहरू जति सके छिटो kalasaskriti@gmail.com मा पठाई दिनुहुन हार्दिक अनुरोध गरेको छ । थप जानकारीका लागि सुजाता के सी ०४०१४२३४३१ वा राजेश्वर घिमिरे ०४५१४८३९३४ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसै गरी संस्थाकी अध्यक्ष सुजाता केसीका अनुसार भानु जयन्ती मनाउनका लागि संस्थालाई कम्वरल्याण्ड काउन्सिलले आर्थिक सहयोग प्रदान गरेको छ । बहुसंस्कृतिक  यस काउन्सिलमा हुन गइरहेको यस कार्यक्रमको लागि प्राप्त सो आर्थिक सहयोग सम्भवत नेपाली समुदायले प्राप्त गरेको प्रथम सहयोग हुन सक्ने पनि संस्थाका सचिव राजेश्वर घिमिरेले द नेपाली टाईम्स अष्ट्रेलियालाई वताए । सहयोग रकम काउन्सिलको एक कार्यक्रममा संस्थाकी अध्यक्ष मार्फत हस्तान्तरण गरिसकेको छ ।