भारतलाई पराजित गर्दै क्यारेबियन टोली वेस्टइन्डिज टी–२० फाइनलमा

आयोजक भारतलाई सात विकेटले पराजित गर्दै क्यारेबियन टोली वेस्टइन्डिज टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।
टी–२० विश्वकपको दोस्रो सेमिफाइनल भिडन्तमा विराट कोहलीले बनाएको विस्फोटक ८९ रनलाई छायाँमा पार्दै उपाधिका लागि इङ्ल्यान्डसँगको भीडन्त पक्का गर्ने क्रममा वेस्टइन्डिजले भारतलाई ७ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले लेन्डी सिमोन्सको विस्फोटक ब्याटिङको मद्दतमा २ बल बाँकी छँदै १९६ रन बनाएर जित निकालेको हो ।
वेस्टइन्डिजनका क्रिस गेल ओपनर जोन्सन चाल्र्सले जितको आधार तयार पारे । उनले ३६ बलको सामना गर्दै ५२ रन बनाएपछि वेस्टइन्डिजको जितको आधार तय भएको थियो ।
वेस्टइन्डिजका भर पर्दा ब्याट्सम्यान क्रिस गेल ६ बलमा ५ रन बनाएको अवस्थामा आउट भएपछि तेस्रो क्रमका अर्का भरपर्दा ब्याट्सम्यान मार्लोन स्यामुयल्स पनि ७ बलमा ८ रन बनाएको अवस्थामा आउट हुँदा खेल भारतको पक्षमा जाने अनुमान गरिएको थियो ।
तर चौथो क्रममा आएका सिमोन्सले खेलमा उलटफेर गरिदिए । उनले ५१ बलमा बनाएको ८५ रन नै भारतलाई उसैको घरमा स्तब्ध पार्न वेस्टइन्डिज सफल भयो ।
मुम्बईको वानखेडे स्टेडियममा भएको भिडन्तमा विराट कोहलीको विस्फोटक ब्याटिङको मद्दतमा भारतले १९२ रन बनाएपछि वेस्टइन्डिजले यो चुनौती पाएको थियो ।
पहिले ब्याटिङ गर्ने क्रममा भारतका लागि रोहित शर्माले ३१ बलमा ४३ बल बनाउँदै गतिलो शुरुवात दिलाएपछि भारतले गतिलो स्कोर बनाउन सफल भएको थियो ।
सन् २००७ को च्याम्पियन भारतीय टीमको उपाधि जित्ने सपनामा यो पटक पनि वेस्टइन्डिज तगारो बन्यो ।
अर्कातिर सन् २०१२ को विजेता वेस्टइन्डिजले चार वर्षपछि अर्को उपाधिका लागि इङ्ल्यान्डसँग भिडन्त पक्का गर्यो । वानखेडे स्टेडियममा उपस्थित हजारौं भारतीय दर्शकलाई रुवाउँदै वेस्टइन्डिज अघि बढेको हो ।
यसअघि समूहचरणको नागपुरमा भएको पहिलो खेलमा भारतलाई न्यूजील्यान्डले हराएको थियो । तर त्यसपछि भारतले पाकिस्तान, बंगलादेश र अस्ट्रेलियामाथि जीत दर्ता गरेको थियो ।
अर्कातर्फ वेस्टइन्डिजले इङ्ग्ल्यान्ड, दक्षिणअफ्रिका र श्रीलंकालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उसले अन्तिम खेलमा अफगानिस्तानसँग पराजय भोग्नुपरेको थियो ।
उसले अफगानिस्तानसँग व्यहोरेको हार बिर्सँदै भारतलाई उसैको भूमिमा घुँडा टेकायो । भारत अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा आएको थियो भने वेस्टइन्डिज भने अन्तिम खेलमा अफगानिस्तानसँग हार्दै भारतसँगको भेट पक्का गरेको थियो ।
अब उपाधिका लागि आइतबार कोलकाताको इडन गार्डेनमा इङ्ल्यान्ड र वेस्टइन्डिज भिड्ने भएका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...