यो आइतबार सिड्नीमा ‘पंचायत’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन २४, २०७५
एउटा भिन्न कथा बस्तुमा अडिएर नेपालको तात्कालिन समाज, न्याय प्रणाली र शुसानको झल्को दिने बिभिन्न विधामा पुरष्कृत नेपाली कथानक चलचित्र “पंचायत” को सिड्नीमा आउदो आइतबार १२ अगष्टको साँझ छ बजे देखि च्यारेटी शो हुदैछ ।  हाललाई एक शो मात्र पर्दर्शन गर्न लागिएको यस चलचित्रबाट संकलित रकम नेपालको लक्ष्मी शिक्षा सदन बिद्यालयमा अध्यानरत गरिब तथा जेहेन्दार बिधार्थीहरु को शैक्षिक शुल्क सहोगार्थ प्रयोग गरिने छ ।
फिल्मलाई सिड्नीसम्म ल्याएर देखाउन सबै व्यवस्था  AACC GLOBAL मेलबर्न गरेको हो ।  AACC GLOBAL मेलबर्नको तर्फबाट विभूषण जोशीले परोपकारी भावना सहित नेपाली चलचित्रलाई प्रबासमा बस्ने हामी सबैको माया सदभाब पुगोस भन्ने अभिप्रायले पनि फिल्म पर्दर्शनको तयारी गरिएको बताए ।  जोशीका अनुसार सिमित सिट क्षमता, एक मात्र शो र अवार्ड विन्निङ्ग मुभी भएका कारण पनि यसलाई धेरैले मन पराउने कारण समय मै टिकट लिई आफ्नो सिट सुरक्षित राख्न सबैलाई अनुरोध गरेका छन्।
पर्दर्शन मिति /समय: १२ अगष्ट २०१८, साँझ ६ बजे
स्थान: सिभिक थिएटर हर्स्टभिल
(थप जानकारी या अनलाइन टिकट किन्नका लागि पोस्टरमा सम्पूर्ण जनाकारी दिइएको छ। )