इङ्ल्यान्डलाई हराउँदै वेस्टइन्डिज टी-२० विश्व च्याम्पियन

भारतमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेस्टइन्डिजले जितेको छ ।
भारतको कोलकातास्थित इडन गार्डेन स्टेडियममा क्यारेबियन टोलीले दोस्रो पटक उपाधि जित्ने क्रममा बलियो प्रतिद्व्न्द्वी इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्यो ।
वेस्टइन्डिजलाई जिताउने क्रममा मार्लोन स्यामुल्स नायक सावित भए । उनले वेस्टइन्डिजले लगालगत शुरुवाती विकेट गुमाएको अवस्थमा तेस्रो क्रममा आएर ६६ बलमा नटआउट ८५ रन बनाए ।
उनले त्यसक्रममा ९ चौका र ६ छक्का हाने । इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १५६ रनको लक्ष्य वेस्टइन्डिजले ४ विकेटको क्षतिमा २ बल बाँकी छँदै भेट्टाएको हो ।
यसअघि इङल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
पहिले ब्याटिङमा उत्रेको इङ्ल्यान्डलाई वेस्टइन्डिजले सुरुबाटै दबाबमा राखेको थियो । पहिलो दुई ओभरमै इङ्ल्यान्डका दुई विकेट चट्काउँदै वेस्टइन्डिजले प्रभाव जमाएको थियो ।
इङ्ल्यान्डका दुबै ओपनरहरु जोसन रोय १ र एलेक्स हल्स शून्यमै पेभेलियन फर्केपछि वेस्टइन्डिजले प्रभाव जमायो ।
तर, तेस्रो क्रममा आएका जोय रुटले इङ्ल्यान्डको उद्धार गरे । उनले ३६ बलमा ५४ रन बनाएपछि इङ्ल्यान्ड धरासायी हुनबाट जोगियो ।
उनी आउट भएपछि आएका इयान मोर्गन केबल ५ रनमा आउट हुँदा त्यसपछिका जोस बट्लरले २२ बलमा ३६ रन बनाए । त्यसपछि आएका बेन स्ट्रोक्स १३ रनमै पेभेलियन फर्के ।
मोइन अली शून्य रनमा आउट हुँदा इङ्ल्यान्ड धर्मरायो । त्यसैगरि क्रिस जोर्डनले १३ बलमा १२ रन बनाए । त्यसैगरी डेभिड विल्लेको नाममा २१ रन रह्यो ।
अन्तिमक्रममा तीन ब्याट्सम्यान दोहोरो स्कोर गर्न चुके । वेस्टइन्डिजका लागि ड्यारेन ब्राभोर र कार्लोस ब्राथवाएटले ३-३ विकेट लिए । स्यामुअल बद्रीको नाममा दुई विकेट रह्यो ।
यो सिरिजको क्रिकेटको दुबै टीमले यो उपाधि एक-एक पटक उचालिसकेका थिए । यस्तोमा दोस्रो पटक उपाधि उचालेर वेस्टइन्डिजले इतिहास रच्यो ।
प्रतियोगितामा पहिलो पटक दुबै टीम सुपर-१० को समूह-१ बाट १६ मार्चमा आमनेसामाने भएका थिए । जहाँ इङल्यान्डले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज क्रिस गेलले नटआउट रहँदै शतक जोडेपछि छ विकेटले विजयी भएको थियो ।
यस खेलपछि उपाधि जित्ने आफ्नो लक्ष्यबाट करिब बाहिर भएको इङ्ल्यान्डले जो रूटको विस्फोटक ब्याटिङमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
आफ्नो उत्कृष्ट खेलबाट टी-२० विश्वकपमा आएको अफगानिस्तानी टीमले इङ्ल्यान्डलाई कडा टक्कर दियो । तर उसले जित्न भने सकेन । त्यसपछि इङ्ल्यान्डले श्रीलंकालाई हरायो ।
सन रोयको ४४ बलमा नटआउट ७८ रनको मद्दतमा न्यूजील्यान्डको १५३ रनको लक्ष्य भेट्टाउँदै इङ्ल्यान्ड फाइनलमा आयो ।
अर्कोतर्फ वेस्टइन्डिजको टीमले श्रीलंकालाई सात विकेट र दक्षिण अफ्रिकालाई तीन विकेटले हरायो । तर समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको हातबाट पराजित भयो ।
अफगानिस्तानसँग हारेको वेस्टइन्डिज ३० मार्चमा मुम्बईको वानखेडे स्टेडियममा भारतसँग भएको सेमिफाइनल भिडन्तमा जित निकाल्दै फाइनलमा आयो ।
ईडन गार्डेन स्टेडियमको अवस्थादेखि वेस्टइन्डिजको स्पिन बलिङबाट सबै परिचित थिए । वेस्टइन्डिजले भारतविरुद्ध प्रयोग गरेको यही स्पिन बलिङलाई हतियार बनायो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



