गाउँलेहरुलाई शेयर धनी बनाउँदै दीपक खड्का

अष्ट्रेलियामा बसोबास गर्ने दीपक खड्काले आँफू जन्मेको दोलखाको बिगु गाउँपालिकाको खोपाचाँगु गाउँका स्थानीय वासिन्दालाई अपर तामाकोशीको शेयर होल्डर बनाएका छन् । सिड्नीमा आफ्नै व्यवसायमा सक्रिय खड्काले आफ्नै गाउँका स्थानीय वासिन्दालाई माथिल्लो तामाकोशीको शेयर किनिदिएका छन् । खड्काले उक्त गाउँका सात सय चालिस घरलाई प्रति घर पाँच हजार रुपैयाँ बराबरको शेयर किन्नको लागि रकम उपलब्ध गराएका थिए । स्थानीय जनप्रतिनिधी, गाउँपाकिाका अध्यक्ष अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा लगायतकाको रोहोबरमा सो रकम हस्तान्तरण गरिएकोे थियो । अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यका महावाणिज्यदूत समेत रहेका खड्काले द नेपाली टाइम्स अष्ट्रेलियासंग संक्षिप्त कुराकानी गर्दै तामाकोशी परियोजनाको भविष्य देखेर स्थानीयवासीलाई शेयर किनिदिएको बताएका छन् ।अहिले गरेको थोरै लगानीले भविष्यमा स्थानीयहरूले राम्रो प्रतिफल पाउने कुराम आफू आशाबादी रहेको बताए । आफ्नो जन्मठाउँका मासिसहरूलाई गर्न पाएको यो सहयोगले आँफूलाई आनन्द लागेको बताए । यसअघि उनले सोही गाउँका भूकम्प पीडितलाई प्रति घर तीन हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए भने झण्डै आठ लाख रुपैयाँ खर्चेर अष्ट्रेलियाबाट नेपालमा १ सय ६६ वटा ह्वीलचेयर समेत नेपाल पठाएका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...