पण्डित बाजे को लौरी

सिड्नी, अस्ट्रेलिया | बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतिमा नेपाली कथानक चलचित्र “पण्डित बाजेको लौरी” प्रदर्शन हुने भएको छ I आगामी सेप्टेम्बर २९ तारिकका दिन सिड्नीको सिविक थेटरमा चलचित्र प्रदर्शन हुने भएको हो। विशेष गरी अष्ट्रेलियामा धेरै नेपाली चलचित्रहरु प्रदर्शन र बिविन्न स्थरीए कार्यक्रम गराएर चर्चा कमाई रहेको आर के एस अष्ट्रेलियाले नै यो चलचित्रलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो। अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरुको नेपाली चलचित्र प्रतिको माया र सम्मानलाई मघ्यनजर गर्दै र विदेशमा पनि नेपाली चलचित्रको बजार प्रबर्धन गर्नका लागि आफुहरु ले यो चलचित्र प्रदर्शन गर्न लागेको बताउनुहुन्छ आर के एस अष्ट्रेलियका डाइरेक्टर रविन्द्र कुमार शर्मा । झट्ट हेर्दा कमेडी र रोमान्स मिसिएको देखिने चलचित्र “पण्डित बाजे को लौरी “ अध्रीत फिल्मले निर्माण गरेको हो। थमन भण्डारीको निर्माण, कृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत साथै महेश दवाडीको कथामा बनेको चलचित्र “पण्डित बाजे को लौरी “ लाई दिपक ओलीले निर्देशन गरेका हुन् I चलचित्रमा प्रविन खतिवोडा, प्रमोद अग्रहरी, विजय बराल, सन्ध्या केसी, मरिस्क पोखरेल ,भोलाराज सापकोटा लगाएतका कलाकारहरु को अभिनय रहेको छ I नेपालको प्रदर्शनबाट राम्रै चर्चा बटुलेको यो चलचित्रले सिड्नीका दर्सकलाई पनि भरपुर मनोरंजन गराउने कुरामा निर्माण पक्ष बिस्वस्त रहेकाे छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...