पण्डित बाजे को लौरी

सिड्नी, अस्ट्रेलिया | बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतिमा नेपाली कथानक चलचित्र “पण्डित बाजेको लौरी” प्रदर्शन हुने भएको छ I आगामी सेप्टेम्बर २९ तारिकका दिन सिड्नीको सिविक थेटरमा चलचित्र प्रदर्शन हुने भएको हो। विशेष गरी अष्ट्रेलियामा धेरै नेपाली चलचित्रहरु प्रदर्शन र बिविन्न स्थरीए कार्यक्रम गराएर चर्चा कमाई रहेको आर के एस अष्ट्रेलियाले नै यो चलचित्रलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो। अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरुको नेपाली चलचित्र प्रतिको माया र सम्मानलाई मघ्यनजर गर्दै र विदेशमा पनि नेपाली चलचित्रको बजार प्रबर्धन गर्नका लागि आफुहरु ले यो चलचित्र प्रदर्शन गर्न लागेको बताउनुहुन्छ आर के एस अष्ट्रेलियका डाइरेक्टर रविन्द्र कुमार शर्मा । झट्ट हेर्दा कमेडी र रोमान्स मिसिएको देखिने चलचित्र “पण्डित बाजे को लौरी “ अध्रीत फिल्मले निर्माण गरेको हो। थमन भण्डारीको निर्माण, कृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत साथै महेश दवाडीको कथामा बनेको चलचित्र “पण्डित बाजे को लौरी “ लाई दिपक ओलीले निर्देशन गरेका हुन् I चलचित्रमा प्रविन खतिवोडा, प्रमोद अग्रहरी, विजय बराल, सन्ध्या केसी, मरिस्क पोखरेल ,भोलाराज सापकोटा लगाएतका कलाकारहरु को अभिनय रहेको छ I नेपालको प्रदर्शनबाट राम्रै चर्चा बटुलेको यो चलचित्रले सिड्नीका दर्सकलाई पनि भरपुर मनोरंजन गराउने कुरामा निर्माण पक्ष बिस्वस्त रहेकाे छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...