घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

अष्ट्रेलियामा हालका दिनहरुमा घरेलु हिंसाका मुद्दाहरु र घटनाहरु बढ्दै गएको सन्दर्भमा घरेलु हिंसासम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले नेपाली समाज नर्थन ताज्मानियाकाे आयोजनामा १९ अगष्ट २०१८ मा हिंसा रोकौं आवाज उठाऔं भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली लगायत विभिन्न देशका नागरिकहरुले सहभागिता जनाउनुभएको थियो ।
अष्ट्रेलियाको आप्रवासन सम्बन्धी परिवर्तित नियमले ताज्मानियामा हालका दिनहरुमा नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । हुन त ताज्मानियामा नेपाली भाषा अंग्रेजी पछि धेरै बोलिने भाषा पनि हो । विगतमा नेपाली समुदाय बढ्दै गएको तर एकतृत हुन नसकिरहेको अवस्थामा केही महिना अघि मात्र नेपालीहरुले विधिवत रुपमा दर्ता गरेका छन् । यस अघि औपचारिक कार्यक्रमहरु हुने गरेको थिएन । त्यसैले संस्था दर्ता भए पछि आयोजित संस्थाको पहिलो औपचारिक कार्यक्रमको नेपाली समुदायले विशेष महत्वका साथ हेरिरहेका थिए ।
उक्त कार्यक्रमलाइ औपचारिक र मनोरञ्जनात्मक गरि दुइवटा खण्डमा संचालन गरिएको थियो ।कार्यक्रम संचालन ओम कुमार मगरले गर्नुभएको थियो । औपचारिक कार्यक्रममा घरेलु हिंसाका बारेमा जानकारी मूलक प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतिकरणको लागि घरेलु हिंसासँग सम्बन्धित पाँचवटा स्थानिय सरोकारवाला निकायहरुका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । घरेलु हिंसामा परेका व्यक्तिहरुलाइ परामर्श दिने संस्था फेमिलि भायोलेन्स काउन्सेलिङ्ग एण्ड सपोर्ट सर्भिसेजका हेदर मेलार्बीले उक्त प्रस्तुतिकरणको नेतृत्व गर्नु भएको थियो । वहाँलाइ साथ दिनेमा पुलिस फेमिलि भायोलेन्स युनिटका सर्जेन्ट ड्यारेन हिल डिफेन्डेन्ट हेल्थ लायजन सर्भिसका ज्याकोब ग्रेटबाथ र डिपार्टमेन्ट अफ ईजुकेशनका डियान हेमिल्टन हुनुहुन्थ्यो भने भाषा अनुवादकको रुपमा कला पाठकले सहयोग गर्नुभएको थियो । प्रस्तुतिकरणमा घरभित्र तथा बाहिर कसरी सुरक्षित रहन सकिन्छ घरेलु हिंसाको मानसिक तथा सामाजिक प्रभावहरु कस्ता हुन सक्छन् पिडितहरुले कुन कुन निकायबाट कसरी सेवा लिनसक्छन् र यस सम्बन्धी कानुनी प्रावधानहरु कस्ता कस्ता छन् भन्ने विषयमा चर्चा गरिएको थियो ।
त्यसै गरि कार्यक्रममा लानसेस्टन सिटि काउन्सिलका मेयर अल्बर्ट भान जेट्टनले आफ्नो मनतव्यका क्रममा नयाँ परिवेशमा भाषा सबैभन्दा महत्वपूर्ण कुरा हो र भाषा सँग सँगै मानिसहरुले रहन सहन सँस्कृति र नियमकानूनहरु सिक्दै जाने कुरा बताउनुभयो । कार्यक्रमलाइ संस्थाका अध्यक्ष एवम् औपचारिक कार्यक्रमका सभापति
सन्तोष अधिकारीले सहभागी सबैलाइ धन्यवाद दिदै आगामी कार्यक्रमका लागि निम्तो दिएर समापन गर्नुभयो ।
औपचारिक कार्यक्रम पछिको मनोरञ्जनात्मक खण्डमा लाइभ गीत नृत्य र नाटकहरु प्रस्तुत गरिएको थियो । हिमालयन रकफिल्ड व्याण्डले मादल र बाँसुरी सहित नेपालीपन झल्कने गीतहरु बजाउनुभएको थियो भने पल्पसा पोखरेलले एकल नृत्यबाट उपस्थित सबैलाइ आकर्षित गर्नुभएको थियो । त्यसै गरि कृयटिभ जर्नी
फाउण्डेशनमा आवद्द सदस्यहरुले सुन्य समय भन्ने नाटकका साथै साँगितिक प्रस्तुतीहरु र नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



