पाँच वर्षपछि फर्केको सहिद स्मारक लिग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज २१, २०७५

नेपाली राष्ट्रिय फुटबलको सबैभन्दा महत्वपूर्ण अंग मानिएको सहिद स्मारक ए डिभिजन लिगले झण्डै पााच वर्षपछि निरन्तरता पाएको छ । सेप्टेम्बर २९ का दिनदेखि प्रारम्भ भएको ए डिभिजन लिगले फुटबल खेलाडीसहित फुटबल प्रेमीहरूलाई समेत अपार खुसी दिएको छ । यो प्रतियोगिता काठमाडौंमा प्रारम्भ भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाा नेतृत्व आएसागै पहिलो र प्रमुख एजेन्डाको रुपमा उठाउन गरेको ए डिभिजन लिगका खेलहरू प्रारम्भ भैसकेका छन् । एन्फाको लिग कमिटिले सेप्टेम्बर २८ का दिन काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा ए डिभिजन लिग खेल्ने सबै क्लबमा प्रशिक्षकहरूलाई बोलाएर सहभागिता र तयारीका बारेमा जानकारी दिइएको थियो ।
सहभागि सबै क्लबका प्रशिक्षहरूले लामो समयपछि प्रारम्भ भएको लिगको सहभागितालाई लिएर उत्साहित भएको प्रतिक्रिया दिए । कार्यक्रममा केही टोलीका प्रशिक्षकले उपाधिका लागि तयारीमा जुटेको बताए भने केही प्रशिक्षकले अर्को वर्ष हुने लिगका लागि यो लिग तयारी रहेको बताए ।
न्यूरोड टिम (एनआरटी)का महेश्वर मुल्मीले ‘ए’ सर्वाधिक पर्खाइमा रहेको लिगमा सहभागिता हुने पाएको आफू उत्साहित रहेको प्रतिक्रिया दिए । ‘लिग तयारीका लागि हामीलाई मैदान प्रायप्त नभए पनि हामीले प्रतियोगिताको लागि केन्द्रित रहेर तयारी गरेका छौं,’ मुल्मीका अनुसार उनीहरूले जारी लिगबाट अनुभव बटुल्दै राम्रो नतिजाका लागि खेल्नेछन् । लिग तालिकामा पााचौं अथवा छैटौं स्थानमा रहने लक्ष्य उनीहरूको छ । मुल्मी भन्छन्–‘हाम्रो टोलीमा नयाा खेलाडी र केही अनुभव लिएका खेलाडी छन्, सबैका तालमेल मिलाउादै राम्रो गर्ने उद्देश्यमा रहेका छौं ।’
विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग उचाल्लने आफुहरू दाबेदार टोली भएको बताए । ‘लिगका लागि हामी केही समय अगाडिबाट तयारी गरिरहेका थियौं, टोलीमा राम्रा खेलाडीहरूको बाहुल्यता रहेको छ,’ थापाका अनुसार विपक्षीलाई चिन्दै उनीहरूको रणनीतिलाई परास्त गर्दै लिगको उपाधि जित्ने लक्ष्यमा हामीले बुनेका छौं ।’
ब्रिगेड ब्वाईज क्लब (बीबीसी) का प्रशिक्षक उज्जवल श्रेष्ठले लिगमा आफ्नो क्लब नयाा खेलाडीको भरमा मैदान उत्रिन लागेको बताए । ‘यो लिगमा हामीले नयाा खेलाडीलाई अनुबन्ध गरेका छौं, जुनियर र सिनियर खेलाडीको समायोजन रहेको छ,’ बीबीसीका प्रशिक्षक श्रेष्ठका अनुसार उनले विगतको भन्दा राम्रो गर्दैै लिगको अन्त्य गर्ने लक्ष्य लिएका छन् । ‘हाम्रो लक्ष्य भनेको यो लिगमा शीर्ष आठ भित्र अटाउादै लिगको अन्त्य गर्नु रहको छ, उनी भन्छन् । लिगका लागि भनेर बीबीसीले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
भरखरै मात्र नेपाल इन्भेस्टमेन्टसाग प्रायोजन सम्झौता गरेको फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण अभ्यास राम्रो गर्न नसकेको स्वीकार गरे । ‘सोचे जस्तो तयार गर्न नपाए पनि हामीले राम्रो खेल्दै तालिकाको ६ देखि ८ औं स्थानमा रहादै लिग टुङ्ग्याउने लक्ष्य राखेका छौं,’ प्रशिक्षक महर्जनका अनुसार उनीहरूको टोलीमा रक्षापंक्ति बलियो छ । केही स्ट्राइकरको कमी रहेको छ, यद्यपि उनीहरूले राम्रो गर्न सक्ने छन् भन्ने विश्वास लिएका छन् ।
प्रेन्ड्स क्लबले लिगका लागि भन्दै ४ विदेशी खेलाडीलाई टिममा समावेश गरेको छ । एक दक्षिण एसियाली राष्ट्रबाट समावेश गराउनु प्राव्धान अनुसार फ्रेन्ड्सले एक बंगलदेशका खेलाडीलाई अनुबन्ध गरेको हो ।
जावलाखेल युथ क्लबका राजकुमार घिसिङले छैठौं देखि नबौंं स्थानमा रहादै लिगको अन्त्य गर्ने उद्देश्य रहेको बताएका छन् । घिसिङले लिगका लागि तयारी भएपनि खेलाडीको अभाव रहेको बताए । स्ट्राइकरको अभाव जावलाखेललाई हुने बताएका घिसिङले उमेर समूहका खेलाडीबाट राम्रो खेल्ने अपेक्षा गरेको सुनाए ।
च्यासल युथ क्लबका प्रशिक्षक राजु शाक्यले लिगका लागि उत्साहित हुादै टोलीले राम्रो तयारी गरेको बताए । ‘लिगमा सकेसम्म राम्रो प्रदर्शन गर्दै विजेता बन्ने लक्ष्य हामीले लिएका छौं,’ प्रशिक्षक शाक्यका अनुसार लामो समयपछि हुने लागेको लिगमा कुन टोली कस्तो छ, उनीहरू अनविज्ञ छन् । लिगमा विदेशी खेलाडी राख्नु पाउने प्रावधानलाई उनीहरूको क्लबले पनि सदुपयोग गर्नेछ ।
आर्मीका प्रशिक्षक नविन न्यौपानले यसपटकको लिगमा आर्मीको टोलीले इतिहास रच्ने बताए । ‘लिगलाई लक्षित गरेर हामीले गत संस्करणका मोफसलका प्रतियोगितामा सहभागिता जनाएका थियौं । असारपछि हामीले लिगलाई नै भनेर तयारीमा जुटेका हौं, हाम्रो लक्ष्य लिगको उपाधि जित्नु नै हो,’ आर्मीका प्रशिक्षक न्यौपाने भन्छन्–‘आर्मी लिग जित्दै इतिहास रच्ने दाउमा छ । आर्मीमा राम्रा र अनुभविक खेलाडी छन्, त्यसैले हामीले लिग जित्ने मिसन नै बनाएका छौं ।’
थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले राष्ट्रको फुटबल निराश बनिरहेको बेलामा, लिगमा सहभागिता हुन पाएको उत्साहित रहेको बताउाछन् । ‘हामीले एन्फासाग भएको तिक्तताका बाबजूद पनि लिगलाई केन्द्रित गरेर तयारी गरिरहेका थियौं, १० महिना अघिदेखि विशेष गरी लिगलाई नै केन्द्रित गरेर तयारी थालेका हौं, हाम्रो तयारी राम्रो रहेको छ,’ प्रशिक्षक केसीका अनुसार उनीहरू पनि उपाधिका दावेदार हुन् । यद्यपि उपाधि जित्न सकिन्छ अथवा सकिन्न भन्ने पहिलो चरणका खेल सकिएपछि मात्र थाहा हुने उनी बताउाछन् ।
विदेशी प्रशिक्षक भित्राएको मनाङ मस्र्याङ्दी क्लबको पनि लिगको उपाधि जित्ने लक्ष्य रहेको छ । कार्यक्रममा प्रशिक्षक तोपे फुजाले साविकको बिजेता भए पनि टोलीलाई कुनै दबाब नभएको बताए ।
एन्फाले नयाा प्रयोगका रुपमा ल्याएको बिना रेलिगेनको लिगले कस्तो नतिजा दिन्छ, प्रतिक्षाको विषय बनेको छ । यद्यपि एन्फा नेतृत्व यो लिग सफल पार्दै आफुविरुद्ध भएको चर्को आलोचना चिर्ने लक्ष्यमा हुनेछ ।
यस्तो रह्यो पहिलो खेल
सहिद स्मारक ‘ए’ डिभिजन लिगको सेप्टेम्बर २९ का दिन भएको पहिलो खेलपछि त्रिभुवन आर्मी र एनआरटी दुबै क्लबका प्रशिक्षक खुसी देखिएनन् । आर्मीका प्रशिक्षक नवीन न्यौपाने टोलीको कमजोर प्रदर्शनले निरास देखिन्थे भने एनआरटीका महेश्वर मुल्मी रेफ्रीले गलत निर्णय दिादै टोलीको जित खोसेको आरोप लगाउादै रिसाए । खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा पेनाल्टी क्षेत्रभित्र पाएको इन्डाइरेक्ट फ्रिकिकमा गोल गर्दै आर्मीले हार टारेको थियो । थप गरिएको ५ मिनेट सकिएपछि गोलरक्षक अजित प्रजापतिले निर्धारित ६ सेकेन्डभन्दा बढी बल समातेको भन्दै रेफ्री सुदीश पाण्डेले आर्मीलाई फ्रिकिक दिएका थिए । उक्त फ्रिकिकमा आर्मीका सन्तोष तामाङले एरिक विष्टको सहायता लिादै गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले दुईपल्ट अग्रता लिए पनि जोगाउन सकेन । आर्मी विरुद्ध सााघुरो डिफेन्स र काउन्टर अट्याकको रणनीतिमा उत्रिएको एनआरटीले आफ्नो योजना सफल रूपमा अवलम्बन गर्न सक्यो । राजेश परियारलाई एकल फरवार्डको रूपमा खेलाएको एनआरटीले दुवै गोलमा उनको साथ पायो ।