प्रेम अभिव्यक्त गर्नका लागि भ्यालेन्टाइन्स डे नै चाहिन्छ त ?
१४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । यो मिति विश्वभरी नै चर्चित छ । यही दिन विश्वले प्रेम दिवस मनाइने भएकाले यसको आफ्नै महत्व पनि छ । १४ फेब्रुअरीलाई विश्वभरी नै भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवसको रुपमा मनाइने भएकाले विवाहितदेखि अविवाहित युवा–युवतीसमेत भ्यालेन्टाइन्स डेको प्रतिक्षामा हून्छन् । एकअर्कालाई प्रेम गरिरहेका जोडीले त यो दिनलाई एउटा पर्वकै रुपमा मनाउने परम्परा छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही सेलिब्रेटीलाई प्रेम गर्नका लागि भ्यालेन्टाइन्स डे नै चाहिन्छ त ? भन्ने जिज्ञासा राखेका छन् । उनीहरुको जवाफ जस्तोका तस्तै:
प्रदीप खड्का, नायक
प्रेम गर्नकै लागि भ्यालेन्टाइन्स डे पर्खिनु पर्दैन जस्तो लाग्छ । प्रेम भन्ने कुरा जति बेला पनि गर्न सकिन्छ । हुन त हामी जस्ता युवापुस्ताका लागि यो दिनको आफ्नै विशेष महत्व छँदैछ, तर प्रेम गर्ने जोडीहरुका लागि हरेक दिन भ्यालेन्टाइन्स डे जस्तै हुन्छ जस्तो लाग्छ ।
पूजा शर्मा, नायिका
माया गर्ने मान्छेले आफ्नो मायालुलाई माया गर्न, आत्मियता साट्न भ्यालेन्टाइन्स डे नै कुर्नु पर्छ जस्तो लाग्दैन । मैले त भ्यालेन्टाइन्स डेलाई प्रेम उत्सव मनाउने एउटा विशेष दिनको रुपमा ग्रहण गरेकी छु ।
दिनेश शाही, मोडल
म भ्यालेन्टाइन्स डेको पक्षमा छु । माया गर्नेहरुका लागि पनि त कुनै एउटा विशेष दिन, चाड अथवा उत्सव त चाहियो नि । भ्यालेन्टाइन्स डे नै एउटा त्यस्तो दिन हो जुन दिन प्रेमि–प्रेमिकाहरु स्वच्छन्द भएर आफ्नो प्रेम अभिव्यक्त गर्न सक्छन् ।
वर्षा राउत (क्षेत्री), नायिका
पछिल्ला वर्षहरुमा नेपालमा समेत भ्यालेन्टाइन्स डेलाई एउटा महोत्सवको रुपमा मनाउने प्रचलन प्रारम्भ भएको छ । एक हिसाबले हेर्ने हो भने म यसमा खरावी देख्दिन तर भ्यालेन्टाइन्स डे भनेको प्रेमि अथवा प्रेमिका भएका व्यक्तिले मात्र मनाउने पर्व जस्तो भएको छ । वास्तविक प्रेमि–प्रेमिकाले एक–अर्कालाई प्रेम गर्छु भन्नका लागि एउटा निश्चित दिन नै तोकिनु पर्छ जस्तो लाग्दैन ।
दुर्गा खरेल, गायिका
यदि तपाईं कसैलाई प्रेमको प्रस्ताव राख्दै हुनुहुन्छ भने तपाईंका लागि भ्यालेन्टाइन्स डेले विशेष महत्व राख्छ । दि तपाईं पहिलादेखि नै कसैलाई प्रेम गरिरहनु भएको छ भने पनि यो दिन महत्वपूर्ण हुन्छ तर प्रेम अभिव्यक्त गर्नैका लागि भ्यालेन्टाइन्स डे नै पर्खनु पर्छ जस्तो मलाई लाग्दैन ।
मेरो विचारमा भ्यालेटाईन्स डे कै दिन आफूलाई माया गर्ने मान्छेसाग भेटघाट गर्न‘पर्छ, प्रपोज गर्न‘पर्छ भन्ने छैन । प्रपोज गर्न, प्रेम प्रस्ताव राख्न यही दिन कुर्नु पर्छ जस्तो लाग्दैन । मैले आजसम्म भ्यालेटाइन्स डे मनाएको छैन ।
प्रमोद खरेल, गायक
आफूलाई मन पर्ने व्यक्तिसंग शान्त वातावरणमा दिन बिताउने रमाइलो अवसर भ्यालेन्टाइन्स डेले नै दिन्छ । म यो विशेष दिन कुनै पनि काममा व्यस्त हुन्न । वर्षमा एक पटक आउने यो दिनलाई स्मरण बनाउन म पछि पर्दिन । यसपटकको भ्यालेन्टाइन्स डेमा उनलाई एउटा सरप्राइज समेत दिने योजना बनाएको छु ।
नम्रता सापकोटा, नायिका
मलाई प्रेम गर्नका लागि भ्यालेन्टाइन्स डे नै पर्खनु पर्छ जस्तो लाग्दै लाग्दैन । माया र प्रेम गर्नका लागि ३ सय ६५ दिन नै उपयुक्त हुन्छन् । मेरो विचारमा माया गर्नेहरुका लागि पनि एउटा विशेष दिन आवश्यक पर्छ भने १४ फेब्रुअरीलाई छनौट गरिएको हो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...