बेइजीङमा नेपाली पहिरन

चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय कूटनीतिक फेसन शोमा नेपालले सहभागिता जनाउँदै पुरस्कार समेत जितेको छ । उक्त डिप्लोम्याटिक फेसन शो प्रतियोगितामा नेपालले उत्कृष्ट प्रस्तुती दिएको हो । फेसन शोमा नेपालको तर्फबाट नौ जना विद्यार्थी र एक जना कुटनीतिज्ञ सहभागि भए । नेपालको प्राकृतिक सौन्दर्य देखाउने हिमालदेखि काठमाडौं उपत्यकाका विभिन्न सम्पदाका दृश्यले नेपालको प्रस्तुति निकै ओजपूर्ण देखिन्थ्यो । नेपाली विद्यार्थीहरूले नेपालका मुख्य समुदाय नेवार, तामाङ, थारू, शेर्पा लगायतका पोसाक प्रदर्शन गरेका थिए । बेइजिङका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीसँगै बेइजिङस्थित नेपाली दूतावासमा सैनिक सहचरी रहेका जर्नेल विनोद पाण्डे फेसन सोको क्याटवाकमा सहभागी थिए । चीनमा हरेक वर्ष कूटनीतिक नियोगहरूका बीचमा पोसाक प्रदर्शनी अर्थात् फेसन सो हुने गर्दछ । फेसन शोको आठौं संस्करणमा १६ वटा राष्ट्रहरू सहभागी थिए । प्रतियोगितामा जर्मनी, कोरिया, बुल्गेरिया, इजिप्ट, गुयाना, इन्डोनेसिया, मलेसिया, माल्दिभ्स, नेपाल, पेरू, रुस, श्रीलंका, उक्रेन, उज्वेकिस्तान, बेलारुस र चीन सहभागी थिए । सबै राष्ट्रका सहभागीले आफ्नो देशको विभिन्न जातीय पोसाकसँगै छोटाछोटा सांस्कृतिक प्रस्तुति पनि दिएका थिए । प्रतियोगितमा नेपालले दुईवटा उपाधि जितेको छ । नेपालले बेस्ट कस्ट्युम अवार्ड अर्थात् उत्कृष्ट पोसाक पुरस्कार र बेस्ट चार्मिङ अवार्ड अर्थात् उत्कृष्ट चमकदार पुरस्कार जितेको छ । सबै सहभागीमा दुईवटा पुरस्कार जित्नेमा नेपाल मात्र रह्यो । समग्र नतिजामा बेलारुस प्रथम भएको छ भने मलेसिया दोस्रो भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...