घुम्ती किम्फको रकम विद्यालयलाई

अमेरिकामा घुम्ती किम्फको चौथो संस्करणबाट संकलित रकम रामेछाप जिल्लाको बालदिङ आधारभूत विद्यालय बकेरालाई प्रदान गरिएको छ । अमेरिकाबाट प्रकाशित हुने एभरेस्ट टाइम्स पत्रिकाले घुम्ती किम्फको आयोजना गर्दै आएको छ । न्यूयोर्कको क्वीन्समा आयोजित घुम्ती किम्फमा खर्च कटाएर बचेको रकम उक्त विद्यालयलाई हस्तान्तरण गरिएको हो । एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले अमेरिका गुम्देल ट्रष्टका अध्यक्ष सोनाम गेल्बु शेर्पा र कोषाध्यक्ष जोङ्बु शेर्पालाई सहयोग रकम एक हजार एक सय २० डलर (१ लाख २६ हजार ५ सय १२ रुपैया“) हस्तान्तरण गरे । प्रधान सम्पादक शेर्पाले किम्फबाट बचेको रकम दुर्गम जिल्लाको विद्यालयको लागि सहयोग गर्न पाउ“दा खुसी लागेको उल्लेख गर्दै किम्फको आयोजनामा सहयोग गर्नेहरुलाई धन्यवाद दिए । किम्फबाट उठेको रकम यसअघि सोलुखुम्बुको सेर्गा वागम प्रावि र चागेस्थान माध्यमिक विद्यालय तथा गतवर्ष सिन्धुपाल्चोकको जम्बीयाङ प्राविलाई सहयोग गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...