अष्ट्रेलियामा कृषि एबम प्राकृतिक श्रोत क्षेत्रका नेपाली बिज्ञहरु संगठित 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५
सरकारी, गैर सरकारी निकाय एबम बिभिन्न पेशा र ब्यबसायमा रहेका अष्ट्रेलियाका कृषि तथा प्राकृतिक श्रोत क्षेत्रका नेपाली बिज्ञहरु संगठित भएका छन् । गत ९ फेब्रोवारीमा सिड्नीमा सम्पन्न एक भेलाले अष्ट्रेलियामा रहेका कृषि, बन, प्राकृतिक श्रोत एबम बाताबरणिय ब्यबस्थापन क्षेत्रमा काम गरिरहेका बिज्ञहरु का बिच आपसी सहकार्य र यहाँ सिकेका कुराहरु नेपाल सम्म आदान प्रदान गर्ने उदेश्यका साथ एक तदर्थ समिति गठन भएको छ । डा. जगदिश तिमिल्सेनाको अध्यक्षतामा गठित उक्त  “Association of Nepalese Professionals in Agriculture, Forestry and Environmental Sciences in Australia” को तदर्थ समितिका अन्य पदाधिकारीहरुमा  उपाध्यक्ष डा. हेमन्त ओझा, सचिब डा. सिताराम घिमिरे, कोषाधक्ष्य डा. बासु देब रेग्मी, सदस्यहरुमा डा. अनिता प्रधान श्रेष्ठ, डा. टेक मरासेनी र डा. यकिन्द्र तिमिल्सेना हुनुहुन्छ । तदर्थ समितिले यस क्षेत्र संग सम्बन्धित सबै संग सम्पर्क स्थापना गरि सदस्य संख्या विस्तार गर्दै आउदो डिसेम्बर सम्म प्रथम साधारण सभा गर्नेछ।
समिति गठन संगै अध्यक्ष डा. तिमिल्सेनाले अष्ट्रेलियामा कार्यरत १०० भन्दा धेरै यस क्षेत्रका व्यक्तित्व हरु संग को पटक पटक बिभिन्न सम्पर्क माध्यमबाट भएको छलफल पछाडी आहिले यसरि संगठीत हुन पाएकोमा प्रसन्न व्यक्त गर्दै  यसमा अष्ट्रेलियामा रहेका कृषि, बन, प्राकृतिक श्रोत एबम बाताबरणिय ब्यबस्थापन क्षेत्रमा सबै लाई आबद्द हुन अनुरोध गर्नु भयो। नेपालमा यस क्षेत्रका बिज्ञहरु र यहाँका बिज्ञहरु बीच सम्पर्क गर्न यो संस्था महत्वपूर्ण हुने पनि तिमिल्सेनाले बताउनु भयो।
भेलाले अस्ट्रेलियाका परिचित ब्यक्त्तित्व डा. होम मुर्ति पन्त र नेपालका डा. सर्ब राज खड्कालाई हनारी मेम्बर्शिप प्रदान गर्ने पनि निर्णय गरेको थियो । भेलामा डा. पन्त र खड्काले आ-आफ्नो विचार राख्नु भएको थियो भने नेपालबाट कृषि बिषयमा स्नातक एबम अष्ट्रेलियामा कार्यरत जानकी पौडेलले भेटघाटको चाँजो मिलाएर यसरि संगठित हुने अवसरका लागि आयोजकलाई धन्यबाद दिनुभएको थियो ।