हाम्रो ईभेन्ट्सले महँगो भाउमा दालभात तरकारी ल्याउँदै, हैट !

यही ३ मार्चमा अष्ट्रेलियाको विभिन्न शहरमा एकैसाथ चलचित्र दालभात तरकारी प्रदर्शनमा आउँदै छ । हाम्रो इभेन्ट्स र हैट् क्रियसन एण्ड इन्टरटेनमेन्टको संयुक्त प्रयासमा प्रदर्शन गर्न लागेको यस चलचित्रलाई लिएर नेपाल, अष्ट्रेलियामा मात्रै नभई अन्य देशहरुका दर्शकहरु पनि एकदमै उत्साहित देखिन्छन् ।
हाम्रो इभेन्टस्का डाइरेक्टर विपीन बस्नेतले जब यस चलचित्रलाई ४२ लाख रूपैयाँमा अष्ट्रेलियाको अधिकार खरिद गरे तबदेखि यस चर्चाले प्रवासमा मात्रै होइन नेपाली चलचित्र बजारमा पनि एउटा तरंग ल्याएको छ । यत्तिका रकम तिरेर ल्याउनुको कारण किन भन्ने प्रश्नमा नेपाली टाइम्स मेलवर्नसँग कुरा गदै बस्नेतले सानैदेखि आफूमा नेपाली चलचित्रको सकारात्मक प्रभाव परेको र गुणस्तरीय नेपाली चलचित्रलाई प्रवासमा ल्याउन आफ्नोतर्फबाट हर प्रयास सम्भव गर्ने प्रतिबद्धताले पनि यती ठूलो निर्णय लिएको बताएका छन् । यसो भनिरहँदा बस्नेतले भविष्यमा आफू नेपाली फिल्म जगतमा विभिन्न तरिकाले आबद्धपनि हुन सक्ने बताएका छन् । स्मरण रहोस् विपिन बस्नेत चर्चित अभिनेता, निर्माता, निर्देशक विश्व बस्नेतक छोरा हुन् ।
मह संचारकाे प्रस्तुति, सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रमा दर्शकहरुले पहिलो पटक हरिबंश र निरुताको जोडी देख्नेछन् । त्यस्तै अन्य कलाकारमा मदन कुष्ण श्रेष्ठ, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, प्रियंका कार्की, बर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, लगायतका अन्य कलाकारहरुको जोडदार अभिनय देख्न पाउने भएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...