मेलवर्नमा न्यू इयर धमाका हुँदै

रोयल वेस्टर्न फुटबल क्लबको आयोजना तथा मेलबोर्न नेप्लिज कम्युनिटी वेस्टको संयोजनमा यही आउँदो अप्रिल १९ तारिख साइप्रस कम्युनिटी हलस्थित नयाँ वर्षको विशेष कार्यक्रम हुन लागेको हो । कर्मभूमिमा आफ्नो जन्मभूमिको नयाँ वर्षलाई पनि धुमधामसँग मनाउने हेतुले यस न्यू इयर धमाकाको आयोजना गरेको आयोजकको भनाइ रहेको छ ।
दुईदेखि तीनदशकसम्म यो कर्मभूमिमा विताएपनि आखिर मन त नेपाली नै हो र नेपालमा मनाएका हरेक चाडपर्व र अवसरहरुको झझल्को अझ पनि नमेटिएको हुनाले कुनै संकोचविना हरेक चाडपर्व रितीतिथि हेरेर मनाउन मन लागेको कुरा लामो समयदेखि मेलवनमा बस्ने नेपालीहरुले बताएका छन् । सायद यही कुराले सबैजना न्यू इयर धमाकाको लागि अति उत्साहित देखिन्छन् ।
कार्यक्रममा चर्चित लोक गायक बद्री पंगेनी, ‘भाइरल भइदियो’ गीत मार्फत एउटा छुटै पहिचान बनाउन सफल गायक तथा गीतकार मानस राज र स्टाण्डअप कमेडियन तथा क्यारिकेचरका लागि लोकप्रिय सुवोद गौतमको प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रममा टिकट शुल्क १५ डलर रहेको छ भने विद्यार्थीहरुका लागि भने विशेष छुट शुल्क १० डलर रहनेछ । नेपालबाट आउनुभएका अभिभावक र बालबालिकाको लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ । एक्सपर्ट एडुकेसन एण्ड भिषा सर्भिसेसले प्रायोजना गरेको यस कार्यक्रममा नेपअस डान्स स्टुडियोको विशेष प्रस्तुति रहनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...