मेलवर्नमा न्यू इयर धमाका हुँदै

रोयल वेस्टर्न फुटबल क्लबको आयोजना तथा मेलबोर्न नेप्लिज कम्युनिटी वेस्टको संयोजनमा यही आउँदो अप्रिल १९ तारिख साइप्रस कम्युनिटी हलस्थित नयाँ वर्षको विशेष कार्यक्रम हुन लागेको हो । कर्मभूमिमा आफ्नो जन्मभूमिको नयाँ वर्षलाई पनि धुमधामसँग मनाउने हेतुले यस न्यू इयर धमाकाको आयोजना गरेको आयोजकको भनाइ रहेको छ ।
दुईदेखि तीनदशकसम्म यो कर्मभूमिमा विताएपनि आखिर मन त नेपाली नै हो र नेपालमा मनाएका हरेक चाडपर्व र अवसरहरुको झझल्को अझ पनि नमेटिएको हुनाले कुनै संकोचविना हरेक चाडपर्व रितीतिथि हेरेर मनाउन मन लागेको कुरा लामो समयदेखि मेलवनमा बस्ने नेपालीहरुले बताएका छन् । सायद यही कुराले सबैजना न्यू इयर धमाकाको लागि अति उत्साहित देखिन्छन् ।
कार्यक्रममा चर्चित लोक गायक बद्री पंगेनी, ‘भाइरल भइदियो’ गीत मार्फत एउटा छुटै पहिचान बनाउन सफल गायक तथा गीतकार मानस राज र स्टाण्डअप कमेडियन तथा क्यारिकेचरका लागि लोकप्रिय सुवोद गौतमको प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रममा टिकट शुल्क १५ डलर रहेको छ भने विद्यार्थीहरुका लागि भने विशेष छुट शुल्क १० डलर रहनेछ । नेपालबाट आउनुभएका अभिभावक र बालबालिकाको लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ । एक्सपर्ट एडुकेसन एण्ड भिषा सर्भिसेसले प्रायोजना गरेको यस कार्यक्रममा नेपअस डान्स स्टुडियोको विशेष प्रस्तुति रहनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...