पदीय भाग बण्डा भन्दा माथि उठोस् एनआरएनए

प्रबासमा छरिएर रहेका प्रबासी नेपालीहरू लाई एउटा आत्मीय डोरीले बुन्दै साझा चौतारीको अबधारणा सहित गठन भएको गैर आबासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापनाको १५ बर्षमा ८० देशमा संजाल विस्तार गरिसकेको छ । अझ यसो भनौ जहाँ जहाँ नेपालीहरू पुगेका छन् अब लगभग ती सबै ठाउँमा पुगिसकको छ एनआरएनए । त्यसैले पनि दूताबास नपुगेका देशमा एनआरएनए त देश कै प्रतिनिधित्व गर्ने संस्था हो र सबैको लागि अभिभाबक ।
संख्यात्मक र गुणात्मक दुवै रुपमा बिश्व संजाल मै एनआरएनए अष्ट्रेलियाले आफ्नो छुटै पहिचान बनाएको छ, जुन हामी सबैको लागि गर्वको बिषय हो । हिजोका बिभिन्न प्राकृतिक प्रकोपमा मल्हम लगाउनेदेखि प्रबासमा देश चिनाउन सफल एनआरएनए अष्ट्रेलिया हामी सबैको लागि मन माझ्ने चौतारो पनि बनेको छ । त्यसैको रिफ्ल्याक्सन हुन सक्छ आहिले सामाजिक संजालदेखि सानो तिनो सबै भेटघाटसम्ममा देखिएको एनआरएनएको मौसम । त्यसो त अष्ट्रेलियाको नेपाली समुदाय नै एनआरएनएमय भइरहँदा पदीय भागबण्डा अघि अघि एनआरएनए सदस्यता पछि पछि देखिएको छ जुन नौलो नै त होइन, तर बेमज्जा चाहिं पक्कै हो ।
संस्थाको मेरुदण्ड भनेको संस्थामा अनुबन्धित सदस्यहरू हुन्, सदस्य बन्दै गर्दा प्रत्येक सदस्यले यति ठूलो संस्थाको सदस्य बनेकोमा गर्ब गर्नु पर्नेमा सदस्यता संगै जोडिएर सधै पदीय भागबण्डा आउनु दुःखद कुरा हुन् । पदीय भागबन्डा भन्दा धेरै बहसका बिषय र एजेन्डाहरू छन् सबैको मस्तिष्कमा, ति सबै छोडेर किन संधै सदस्यता वितरण र पदीय भाग बन्डा संगै आउँछ यो नसुहाउँदो कुरालाई निस्तेज गर्नु एकदमै जरुरी छ । एनआरएनएले देशलाई दिन सक्ने र ८० देशमा बिस्तृत यो संजाल संग देशले लिन सक्ने पनि धेरै कुराहरू छन् । आँफु सदस्य बन्दै गर्दा म पनि यो बिशाल संजालको एक हिस्सा हूँ भनि गर्ब गर्दै अरु धेरैलाई सदस्य बन्न प्रोत्साहित गराउन सक्नु पर्नेमा संस्थाको सदस्य संख्या सहज किसिमले फुक्न सकेको छैन, जति छन् ती पनि यस्तै कुरामा अलमल छन् ।
देशलाई दुख्दा विविध परोपकारी कार्यहरू मा सारथी बनेको एनआरएनए माथि भनिए जस्तै परोपकारिताका अलवा प्रबासी नेपालीहरू ले देशलाई दिन सक्ने धेरै कुरा छन् । प्रबासमा सिकेको धेरै थरि ज्ञान र शीपदेखि व्यवस्थापनका बिषयहरू, धेरै भन्दा धेरै प्राबिधिक र विकासका कुराहरू मा नीतिगत रुपमै नेपाल सरकारलाई सल्लाह सुझाब दिनको लागि सक्षम छन् धेरै भन्दा धेरै एनआरएनहरू । संस्थालाई सबल नेतृत्व निश्चय नै चाहिन्छ त्यो भन्दै गर्दा पदको हानथाप र नेपालको राजनीतिक लेबल सहित भागबन्डामा एनआरएनए अष्ट्रेलिया नअल्मलियोस् । यो संस्था सबैको हाम्रो बनोस्, जगैबाट राम्रो बनोस् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...