अस्ट्रेलियाको चुनाबमा नेपाली समुदाय प्रभावी बन्दै
नेपाली सामुदायिक केन्द्रका लागि बजेट छुट्याइयो

जव मुलुक एउटा तिब्र प्रतिस्पर्धापूर्ण निर्वाचनमा होमिन्छ तब दलहरु जनमत आफु तिर तान्न कुनै कसर बाकि राख्दैनन् | यति बेला अस्ट्रेलियाको निर्वाचन अभियान त्यस्तै छ | दुइ प्रमूख दलहरुको बीचमा प्राइमरी भोट बीचको फरक ५१ प्रतिशतको बिरुद्ध ४९ प्रतिशत छ | थुप्रै मतदाताहरु आफ्नो निर्णय लास्ट दिन वा एक दिन अगाडी गर्ने हुनाले पनि अनिर्णयमा बसेका मतदाता लाइ आफु तिर तान्न पनि नेता हरुलाई भ्याई नभ्याई छ यति बेला |
चुनावी तिब्र प्रतिस्पर्धा र उल्लेख्य संख्यामा नेपालीहरुले पनि यो मतदानमा भाग लिने अवस्थाले गर्दा दुवै प्रमुख दलहरुले नेपाली सामुदाएको मत आफूतिर तान्न आ-आफ्नो दलबाट सक्दो सहयोग गर्ने घोषणा गरेका छन् |
गत ११ मे एनआरएनए तेश्रो ओसेनिया क्षत्रीय बैठकमा अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्रि डेविड कोलम्यानले गठबन्धन सरकार पुन निर्वाचित भएमा नेपाली सामुदायिक केन्द्र निर्माणका लागि एक मिलियन डलर दिने घोषणा गरे | त्यसका लागि अस्ट्रेलियामा सबै भन्दा पुरानो नेपाली सामुदायिक संस्था नेप्लीज अस्ट्रेलियन एशोसिएन ( एनएए ) ले बिगतमा लामो समय देखि लबी गरेको थियो | गठबन्धन सरकारले प्रदान गर्ने अनुदान पनि एनएए मार्फत नै प्रदान गर्ने मन्त्रि कोल्म्यानले जानकारी दिए |
त्यसको पर्सि पल्ट मे १३ सोमबारका दिन बिपक्षी लेबर पार्टीले पनि त्यस्तै खालको घोषणा गरेको छ | अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धि छाया मन्त्रि टोनी वर्क ले पनि दक्षिण एसियन समुदायलाइ २.१ मिलियन प्रदान गर्ने र नेपाली समुदायलाइ सामुदायिक केन्द्र निर्माण गर्नका लागि १ मिलियन डलर प्रदान गर्ने घोषणा गरे |
नेपाली समुदायको बढोत्तरी संगै अस्ट्रेलियामा हाम्रो समुदायलाइ लक्षित गरि नीति तथा कार्यक्रमहरु बन्दै जन थालेका छन् | नेपाली भाषा सामुदायिक भाषा बनेको छ र नेपाली भाषा पढ़शाला संचालनका लागि सरकारी सहयोग मिलेको छ | नेपालीहरु मन्त्रिस्तरीय सुझाब समितिमा बसेर काम गर्ने अवसर मिलेको छ भने राजनीतिमा पनि स्थानीय काउन्सिल देखि संघिय संसदसम्म नेपाली समुदायका सक्षम व्यक्ति हरुलाई उम्मेदवार बनाइ देशको मूलधार राजनीतिमा प्रवेश गराउने प्रक्रिया सुरु भैसकेको छ | आउदा दिनहरुमा बहुसांस्कृतिक मामिला सम्बन्धि भूमिकामा नेपाली हरुको प्रवेश र संलग्नता रहने देखिन्छ |
प्रवासमा दिन प्रतिदिन सशक्त र सबल बन्दै गरेको नेपाली समुदाय अस्ट्रेलियामा आफ्नो सकारात्मक प्रभाव जमाउदै गरेको देखिन्छ | हाम्रो समुदाय यहाँको मूलधार समाजमा बास्तबमै “नोटिसेबल” बनेको छ | आउदा दिन हरुमा यस्ता थुप्रै अवसरको सम्भावनाहरु बोकेको हाम्रो समुदायमा समुदायका अग्रजहरुबाट निरन्तर मार्गदर्शन, बृहत एकता, समन्वय, पारस्परिक सहयोग र सद्भाव अत्याबस्यक छ |


ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



