शुन्य सडक दुर्घटना: न्यूसाउथवेल्स यातायात (Transport NSW ) सामुदायिक सडक सुरक्षा परियोजनाबारे समिक्षा

-- नेपाली टाईम्स अष्ट्रेलिया ~ दीपनरसिंह बस्नेत / प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०८०

सडक दुर्घटना हाल बिश्वकै ठुलो समस्याको रुपमा रहेको छ । सडक दुर्घटनाका कारण प्रत्येक बर्ष लाखौ मानिसहरुको अकालमै मृत्यु हुने गरेको छ । अस्ट्रेलियाको NSW राज्य पनि यो बिषयमा अछूतो भने पक्कै छैन। NSW सडक दुर्घटनामा हुने मृत्युहरु  एक संख्या मात्र होइन। यि संख्या मान्छेका हुन; तपाईं हामी जस्तै, हजुरबुबा, हजुरआमा, आमा, बुबा, छोराछोरी जो कोही पनि । यो संख्या जातिसुकै सानोनै किन नहोस, जबसम्म यो संख्या शून्यमा पुग्दैन तबसम्म यो संख्या मानिसका हुन् , जुन अस्वीकार्य छ। “शुन्य सडक दुर्घटना’ हामी सबैको साझा लक्ष्य हुनुपर्छ र यसका निमित्त हामी सबै: सरकार, कानुन प्रशासन, ब्यावसायी, समुदायहरु तथा सम्पूर्ण व्यक्तिहरू हातेमालो गर्दै आफ्नो स्थान र क्षमताले गर्नसक्ने सम्पुर्ण पहल गर्ने पर्छ ।

तथ्यांकहरु हेर्ने हो भने NSW का सडक दुर्घटनाका कारण प्रत्येक ४६ मिनेटमा कसैको मृत्य वा अस्पतालमा भर्ना हुने गरेको छ । पैदलयात्रीहरु र चालकहरु तथा बिशेषत:ज्येष्ठ नागरिकहरू सडक दुर्घटनाको बढी जोखिममा रहेका छन् । अझ सिड्नी महानगरीय क्षेत्रमा हेर्ने हो भने, २०१९ मा जम्मा सडक दुर्घटनामा परेका ६२% पैदलयात्रीहरूको मृत्यु भएको र जसमा २८% पैदलयात्रीहरू ६० वर्ष भन्दा माथिका मानिसहरू रहेका थिए । सोहि बर्ष मारिएका सबै चालकहरूको १८% र घाइते हुने चालकहरु मध्ये १३.८ % संख्या ६० बर्ष वा माथिका चालकहरु थिए ।

गत वर्ष NSW ले आफ्नो “सडक सुरक्षा कार्य योजना २०२६” जारी गर्‍यो, जसले २०५० सम्ममा NSW सडक दूर्घटनाबाट हुने मृत्यु र गम्भीर चोटपटकहरुलाई शुन्य बनाउने संकल्प लिएको छ । यस  २०२६ कार्य योजनाले  ‘सडक सुरक्षा योजना २०२१’ को २०३० सम्म गम्भीर सडक घटनाहरूलाई न्यूनीकरण गर्ने लक्ष्यलाई सफल बनाउदै २०५० सम्ममा त्यस्ता घटनाहरुलाई पूर्ण रुपमा शुन्य बनाउने बाटो तर्फ अगाडी बढ्न खोजेको छ । NSW यातायात विभागले यस्ता जोखिमहरुलाई न्यूनीकरण गर्न र २०५० को संकल्प पुरा गर्नलाई जोखिममा परेका सडक प्रयोगकर्ताहरू : जस्तो संस्कृतिक तथा भाषिक बिबिध (Culturally and linguistically diverse (CALD)) पृष्ठभूमि भएका ज्येष्ठ नागरिकहरुलाई बिशेष प्राथमिकताको क्षेत्रमा राखेको छ । सोहि लक्ष्य हासिल गर्न NSW यातायात को आर्थिक सहयोगमा हाल Ethnic Communities’ Council (ECCNSW) द्वारा यस्ता CALD समुदायका जेष्ठ नागरिकहरूमा जनचेतनामुलक कार्यक्रमहरू समेत संचालन गरिरेको छ । यस कार्यक्रम सडक सुरक्षा कार्य योजना २०२६ अन्तर्गत अन्तराष्ट्रिय मान्यता प्राप्त सुरक्षा प्रणालीका प्रयासहरूलाई अवलम्बन गर्न खोजिएको छ । जसले समग्र र प्रमाणित रुपमा मानिस, सवारीसाधन, गति र सडकहरु मिलेर कसरी सुरक्षित प्रणाली बिकाश गर्न सकिन्छ भन्ने कुरा अवगत गराउछ ।

सुरक्षित मानिसहरू: मानिसहरू सदैव सडक सुरक्षाको लागि सुरक्षित प्रणाली दृष्टिकोणको केन्द्रमा रहन्छन । सबै सडक प्रयोगकर्ताहरूले सडक नियमहरू पालना गर्न र बिबिध सर्तहरूमा सवारी चलाऊनको लागि आफू स्वयं  र सडकमा रहेका अरू सबैलाई अवसर दिनुपर्छ। यसरि सुरक्षित विधिहरू अपनाएर दुर्घटनाहरू रोक्न र जीवन बचाउन सकिन्छ । यदि तपाईं थकित, विचलित, तीव्र गतिमा, अल्कोहल वा लागुपदार्थ/ दुर्ब्यशनीद्वारा  कमजोर हुनुहुन्छ भने, तपाईंले सडकमा हुने अप्रत्याशित परिवर्तनहरूमा छिटो प्रतिक्रिया दिन सक्नुहुन्न। दुर्घटनाको समयमा तपाइँको सवारीको गतिको छनौट वा सीट बेल्ट लगाउने निर्णयले तपाईको , तपाईको  परिवार, वा साथीहरू – साथै अन्य संलग्नहरूको लागि जीवन र मृत्यु बीचको भिन्नता बनाउन सक्छ।

 

सुरक्षित सडक: सुरक्षित सडकहरू  मानव त्रुटिहरूको मुल्यांकन गर्दै त्यसबाट हुने घटना न्युनिकरण गर्न डिजाइन र निर्माण गरिन्छ। यदि चालक वा सवारले गल्ती गर्छ भने, सडक पूर्वाधारले मृत्यु वा गम्भीर चोटपटक लाग्ने सम्भावनालाई उल्लेखनीय रूपमा कम गर्न सक्छ। तसर्थ यसो गर्नका निमित्त हामी केही कार्य गर्न सक्छौं :

  • सडक स्तरोन्नति र सडक डिजाइनमा सुधार; नयाँ सडक चिन्हहरू, सतहहरू, चिन्हहरू र सुरक्षा अवरोधहरू स्थापना; र सडक छेउका जोखिमहरू हटाउने।
  • शिक्षामुलक तथा नीति लागू गर्ने कार्यक्रमहरूको साथ साथै सडक सुधार पहिचान गर्न मार्ग सुरक्षा समीक्षाहरूको भागको रूपमा प्रमुख सडकहरूको विस्तारको मूल्याङ्कन गर्न सकिने ।
  • फराकिलो सडक मद्ध्य रेखा र मध्य सुरक्षा बाधाहरू (डिभाईडर) जस्ता मध्य पृथकीकरण उपचारहरूद्वारा सम्भव भएसम्म सडक प्रयोगकर्ताहरूलाई अलग गर्नसकिने।

 

सुरक्षित गति: सवारी साधनको गतिमा सानो वृद्धिले दुर्घटनाको प्रकृति र गाम्भीर्यतामा ठूलो फरक पार्न सक्छ। स्पीडिङमा गति सीमाभन्दा माथि यात्रा गर्नुका साथै निश्चित अवस्थाहरूमा धेरै छिटो सवारी चलाउने बिषय समावेश हुन्छ। साथै NSW मा हरेक वर्ष ४०% प्रतिशत गम्भीर दुर्घटनाहरूको कारकको रूपमा तिब्र गतिलाई पहिचान गरिएको छ। तिब्र गतिले सबै दुर्घटनाहरूको गम्भीरतालाई बिग्रन सक्छ किनकि दुर्घटनामा मानव शरीरले सहन गर्न सक्ने स्तर भन्दा बढी चोट लागेमा मृत्यु वा गम्भीर चोट अपरिहार्य नै छ । यो विशेष गरी जोखिमता बोक्ने  सडक प्रयोगकर्ताहरू जस्तै पैदल यात्रीहरू, मोटरसाइकल चालकहरू र सवारहरू, बालबालिका र वृद्ध मानिसहरूका लागि लागु हुनेगर्दछ । त्यसकारण सुरक्षित गति सीमाहरू कायम गर्नुका साथै चालकहरूले यी पालना गरेको सुनिश्चित गर्नु महत्त्वपूर्ण छ।

सडकमा गति सीमा तोकिएको हुन्छ  ताकि गति सीमामा यात्रा गर्ने सवारी साधनहरू सडकमा  सम्भावित जोखिमहरूलाई सुरक्षित रूपमा प्रतिक्रिया दिन सक्षम हुन्छन्। उदाहरणका लागि, कम गति सीमाहरू अधिक निर्माण क्षेत्रहरूमा प्रयोग गरिन्छ जहाँ वरपर धेरै मानिसहरू र सवारी साधनहरू हुन्छन ताकी दुर्घटनाहरू र मानिसहरू गम्भीर रूपमा घाइते हुने सम्भावना कम होस्।

सुरक्षित सवारी: ६० किलोमिटर/घण्टाको गतिमा भएको यो दुर्घटनाले तपाईंले किन सँधै आफूले खर्च गर्न सक्ने सबैभन्दा सुरक्षित प्रयोग गरिएको कार रोज्नुपर्छ भन्ने देखाउँछ। तर याद गर्नुहोस्, तपाईंको गतिले अन्ततः यदि तपाईंले अर्को व्यक्ति वा सवारीलाई ठक्कर दिनुभयो भने के हुन्छ भन्ने कुरा निर्धारण गर्दछ। जति छिटो जानुहुन्छ, त्यति नै गम्भीर चोटपटक।

https://fb.watch/kgJoUgVD2T/

जब यी सुरक्षाका कुराहरु आउछन् , सबै कारहरू बराबर र एकै प्रकार हुँदैनन्। केही सुरक्षा सुविधाहरू जस्तै: फ्रन्ट एयरब्यागहरू धेरैजसो नयाँ गाडीहरूमा मात्र आउँछन्, तर अन्य प्रविधिहरू हुदैनन् । दुबै नयाँ र प्रयोग गरिएका कारहरूमा केहि महत्त्वपूर्ण सुरक्षा सुविधाहरू समावेश छन्: जस्तै

  • इलेक्ट्रोनिक स्थिरता नियन्त्रण (Electronic Stability Control)
  • लेन प्रस्थान चेतावनी (Lane Departure Warning)
  • साइड पर्दा एयरब्यागहरू (Side Curtain Airbags)
  • स्वायत्त आपतकालीन ब्रेकिङ (Autonomous Emergency Braking)

अष्ट्रेलियाको सडक सुरक्षा संस्कृतिमा भएको परिवर्तन गर्दा सडक सुरक्षामा ठूलो उपलब्धि हासिल भएको छ ।  तसर्थ यहाँ हुने सबैलाई  सडक सुरक्षाको बारेमा सिकाउँदै समुदायहरूलाई जानकारी गराउनु महत्त्वपूर्ण छ ताकि उनीहरूले आफूलाई सम्झिरहने र अरूलाई सन्देश साझा गर्न सकुन । यसरी सडक सुरक्षाको निमित्त लिइएका कदमहरू र यसका सफलताको बारेमा जनचेतना अभिबृदि कार्यक्रमले सडक थप सुरक्षाको सस्कृति बिकाश र प्रोत्साहन गर्दै दुर्घटना र मृत्युबाट मानिसलाई जोगाउन मद्दत पुग्दछ । साथै यसले CALD समुदायको मनोवृत्ति र व्यवहारमा थप सकारात्मक परिवर्तनहरू ल्याउनका लागि मुख्य कठिनाईलाई  समेत  सम्बोधन गर्नेछ, बिशेषत:  समुदायले जोखिमपूर्ण रूपमा नहेर्न गरेका  कार्यहरू जस्तै; जहाँ पायो त्यै बाटो काट्ने  र ड्राइभिङ वा क्रस हिड्दा फोन प्रयोग गर्ने ।

सडक सुरक्षा  चालक, सवार र सबै सडक प्रयोगकर्ताहरू सबैको दायित्व हो।  NSW सडकहरूमा “शून्य सडक दूर्घटना’  लक्ष्य हासिल गर्न हामी सबैले सँगै मिलेर काम गर्न आवश्यक छ।