मेल्वर्नमा पूर्वसंचारमन्त्री रिजालको स्वागत

यही १८ मे तारिख मेल्वर्नस्थित निरंकर रेष्टुरामा जीपी कोइराला फाउन्डेसनले नेपाली समुदायका केही विशिष्ठ व्यक्तिहरुकोबीच पूर्व संचार मन्त्री मिनेन्द्र रिजाल तथा उनकी धर्मपत्नी दुर्गा रिजाललाई स्वागत गरेको छ । स्मरण रहोस् अष्ट्रेलियामा जी.पी कोइराला फउन्डेसन यही वर्ष स्थापना गरिएको हो र उक्त फाउन्डेसनको संयोजकको रुपमा मेल्वर्नवासी रमेश छतकुलीलाई नियुक्त गरिएको थियो ।

अनौपचारिक भ्रमणमा अष्ट्रेलिया आएका रिजाल दम्पतीले यो एकदमै नितान्त पारीवारिक भ्रमण रहेको र यसका बाबजुद पनि अष्ट्रेलियाबासी नेपालीहरुले भव्य स्वागत गरेकोमा एकदमै खुसी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा भिक्टोरीयाकालागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए भिक्टोरीयाका संयोजक केशव कडेँल, एनएसडब्लुका संयोजक नन्दु गुरुङ्ग तथा अन्य एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु, सिड्नीबाट पाल्नुभएका जनसम्पर्क समितिका सन्तोष सिटौला, कृष्ण गिरी, मधुकर गुरुङ्गका साथै मिडियाकर्मी लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी सोही दिन मेल्वर्नमा पूर्वमन्त्री रिजाल दम्पतीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले पनि स्वागत गरेको थियो । कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका सुरेश पोख्रेल, देबेन्द्र बस्नेत, विनोद लामा लगायत समितिका अन्य विभिन्न सदस्य तथा व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...