मन त हो फिल्मको प्रिमियर मेल्वर्नमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १२, २०७६

मानिसहरुको विभिन्न परिचय हुन्छ । आफ्नो पेशाको परिचयसँगै आफूसँग अन्य परिचयपनि मानिसहरुले बोकेर हिड्छन् । त्यही भीडमा गौतम लामिछाने पनि पर्दछन् । समाजसेवीको छवी बनाएर हिडिरहेको गौतम लामिछानेको नामको अगाडि अब अर्को परिचय पनि थपिने भएको छ । समाजसेवी गौतम लामिछानेको यात्रासँगै अब चलचित्र निर्माता गौतम लामिछाने भनेर पनि चिनिने भएका छन् । मन त हो नामक चलचित्रबाट उनले फिल्म यात्रामा खुट्टा राखेका छन् । व्यवसायको लागि होइन समाजसेवा गर्नको लागि नै फिल्म निर्माण गरेको उनको भनाइ रहेको छ । फिल्मबाट उठेको जतिपनि रकम उनले आफ्नो विरुवा नेपाल संस्थालाई खर्च गर्नेछन् ।
यही ३० तारिख एस्कोट भेलस्थित चर्च अफ साईन्सटोलोजिमा दिउँसो २ बजे उक्त फिल्म प्रिमियर हुन लागेको हो । यही आईतबार प्रेस कन्फरेस गर्दै लामिछानेले फिल्म बालबालिका र सामाजिक अप्रिप्रेरणाको लागि बनेको बताएका छन् । त्यसैगरी विरुवा नेपालको स्थापना कसरी भयो, यसको संघर्षको कथा र बीस भन्दा पनि बढी बालबालिका रहेको , उनीहरुको खाना बस्न, पढ्ने देखि समस्त जिम्मेवारी आफू लगायत लामिछाने ब्रद्रर्सले पनि जिम्मा लिएको बताएका छन् । फिल्मको पटकथा, गीत पनि उनले लेखेका छन् भने फिल्मको निर्देशक सुवास लामिछानेले गरेका छन् ।