जुलाइ महिनामा नेपालमा भएका केही महत्वपूर्ण घटनाहरु
कमाउने जति सबैलाई पान नम्बर अनिवार्य
अर्थमन्त्री डा युवराज खतिवडाले आय–आर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (पान) को दायरामा ल्याउने नीति सरकारले लिइएको बताएका छन् । आर्थिक विधेयक, २०७६ माथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउादै अप्रत्यक्ष राजश्व प्रणालीलाई प्रत्यक्षमा लैजाने गरी कर नीति निर्धारण गर्ने बताए । उनले कुनै वर्ग विशेषलाई करमा छुट दिनेभन्दा समानरुपमा कर उठाई विपन्न वर्गलाई अनुदान दिने बाटो सरकारले लिएको जानकारी दिए । कुनै पुस्तक पसलमा किताब किन्न जाँदा मुनाफाबाटै छुट दिने गरिएकाले ज्ञानमा नभई पुस्तक पसलको कर उठाउने नीति लिएको मन्त्री खतिवडाले प्रष्ट पारे । छिमेकी देशमा पनि पुस्तकमा कर लाग्ने गरेको भन्दै उनले ज्ञानका सामग्रीमा १० प्रतिशतभन्दा बढी नलाग्ने बताए । खर्बौं लगानी गरेका नेपालका ७०० छापाखानालाई प्रोत्साहित गर्न पनि पुस्तकमा कर लगाउन लागिएको मन्त्री खतिवडाले प्रष्ट पारे ।
काठमाडौं एयरपोर्ट २१ घण्टा खुला
धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जुलाईको पहिलो सातादेखि २१ घण्टा सञ्चालनमा आएको छ । असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल २१ घण्टा सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किादा जहाज उडान र अवतरणमा समस्या १८ चैतदेखि मर्मत शुरु गरिएको थियो । ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले ९० दिनमै काम सम्पन्न गरेको हो । उक्त कम्पनीले मूल्यअभिवृद्धि करसहित चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशनले जिम्मा लिएको थियो । तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिादै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् ।
छोरीद्वारा आमाको हत्या
भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गराएको खुलेको छ । स्थानीय बाँसबारीकी २७ वर्षीया इश्वरी भट्टराईले ६१ वर्षीया आमा सावित्रीको हत्या गराएको महानगरीय अपराध महाशाखाले जनाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ की सावित्रीको जुलाई ३० का दिन छोरीको घरमा हत्या भएको थियो । प्रहरीका अनुसार श्रीमान र छोरासंगै बस्दै आएकी ईश्वरीको सिराहा घर भई हाल पुरानो थिमी बस्ने बस्ने २३ वर्षीय मोहम्मद नौसादसंग प्रेम सम्बन्ध थियो । सम्बन्धबारे आमालाई थाहा भएपछि कुरा बाहिर आउने डरले उनको हत्या गराएको महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले बताए । कार्कीका अनुसार इश्वरीसंगको सल्लाहमा प्रेमी नौसादले भारतबाट १२ लाख रुपैयाँ दिने शर्तमा भारतीय नागरिक मोहमद रहिश र अर्जुन कुमारलाई बोलाएका थिए । उनीहरुले छुरी प्रहार गरी सावित्रीको हत्या गरेको अनुसन्धानमा खुलेको छ । चारैजना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
थपिए साझा बसका रुट
साझा यातायातले काठमाडौं उपत्यकाका थप तीनवटा रुटमा बस चलाउन शुरु गरेको छ । नयाँबसपार्क–सूर्य विनायक, नयाँ बसपार्क–कमलविनायक र नयाँ बसपार्क–लगनखेल रुटमा साझा बस चल्न शुरु गरेका हुन् । नयाँबसपार्कबाट सूर्य विनायक र कमलविनायक रुटमा भक्तपुरलाई चत्रपथ बनाउनेगरी बस सञ्चालन हुने साझाका लेखा अधिकृत गोपाल प्रसाद पन्तले बताए । त्यसैगरी नयाँबसपार्क–लगनखेल रुटमा कार्यालय समयलाई मध्यनजर गरी चावहिल, गौशाला हुँदै सञ्चालन गर्न लागिएको उनले बताए । साझाले पुरानो रुटलाई पनि थप विस्तार गरेको छ । जस अनुसार यस अघि भक्तपुरमा चल्दै आएको बस त्रिभुवनपार्क हुँदै पाटन हस्पिटल पुग्ने र सोही रुट हुँदै फर्कने छन् । त्यसैगरी थानकोटदेखि लगनखेल र लगनखेल–रत्नपार्क–दक्षिणकाली रुट विस्तार गरिएको साझा यातायातका प्रवन्धक मेहेन्द्रराज पाण्डेले जानकारी दिए । यसका लागि साझाले २० वटा नयाँ सिटी बस थपेर ७१ वटा पुर्याएको छ । थप गरेका बसमध्ये ६ वटा सूर्य विनायक, ६ वटा कमलविनायक र ८ वटा लगनखेल रुटमा चल्नेछन् । भक्तपुर–पाटनका लागि पुराना ७ वटा र दक्षिणकालीका लागि दुई वटा बसको व्यवस्था गरिएको छ । थपिएका नयाा २० गाडी यूरो ४ मापदण्डका रहेका छन् । ४० सिट क्षमताका यी बसमा पहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन् ।
हात्तीको बथान नै गाउँ पसेपछि
जंगली हात्ती गाउँमा पसेपछि झापाको दमक– ३ का स्थानीय जनता त्रसित बनेका छन् । हंसेदुम्से वनबाट हात्तीको बथान बस्तीमा प्रवेश गरेर दु:ख दिन थालेपछि जनजीवन त्रासपूर्ण बनेको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए । जङ्गलबाट निस्किएको हात्तीले किसानको अन्नबालीसहित घरमा क्षति पुर्याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको बरालले बताए । हात्ती आउने डरले स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन् । उक्त क्षेत्रमा जङ्गली हात्तीका कारण वर्षेनी एक–दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् ।
बाघको जुंगा उखेलेपछि…
बर्दिया जिल्ला अदालतले मरेको बाघको जुँगा उखेलेको अभियोगमा गेरुवा गाउँपालिका–४ शान्तिपुरका सुन्दरलाल चौधरीलाई रु पााच लाख जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश किरणकुमार पोखरेलको इजलासले चौधरीलाई बाघको जुँगा उखेलेर घरमा लुकाएको अभियोगमा रु पााच लाख जरिवानाको फैसला गरेको हो । चौधरी २८ पुसमा बाघ मारेको अभियोगमा पक्राउ परेका थिए । तर बाघ मारेको प्रमाण फेला नपरेको अदालतले जनाएको छ । अभियुक्त चौधरीले बाघको जुागा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको फैसलामा उल्लेख छ । वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँ सम्म जरिवाना हुने कानूनी प्रावधान छ ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...