हुवावेको पहिला फाइभजी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

चिनियाँ कम्पनी हुवावेले पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सेन्जेनमा सार्वजनिक गरिएको मेट २० एक्स स्मार्टफोन चीनमा फाइभजी लाइसेन्स प्राप्त गर्ने पहिलो स्मार्टफोन हो । यसमा २ वटा सिम प्रयोग गर्न सकिन्छ । ४० मेगापिक्सल क्यामेरा जडान गरिएको उक्त स्मार्टफोनमा ७ दशमलव २ इन्चको स्क्रिन छ । २ सय ५६ गिगाबाइट स्टोरेज क्षमता भएको यो स्मार्टफोनको मूल्य चिनियाँ बजारमा  ६ हजार १ सय ९९ युआन अर्थात ९ सय १२ अमेरिकी डलर राखिएको छ । यसमा हुवावेकै किरिन ९८० चिपसेट प्रयोग भएको बताइन्छ ।