पब्जीको लाइट भर्सन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ २, २०७६

विश्वभर लोकप्रिय गेम पब्जीले ‘पब्जी मोबाइल लाइट’ सार्ववजनिक गरेको छ । पब्जीले लाइट भर्सन सार्वजनिक गरेकाले अब कम र्‍याम भएका मोबाइलमा पनि यो गेम सजिलै खेल्न सकिनेछ । पब्जी मोबाइल लाइट गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । लाइट भर्सनको पब्जीमा एकपटकमा ६० जना खेलाडीले खेल्न सक्छन् । उक्त लाइट भर्सन ४०० एमबीको छ ।  यो भर्सन अहिले भारतमा मात्र डाउनलोड र प्रयोग गर्न सकिन्छ ।  विस्तारै अन्य देशमा पनि यो सुविधा उपलब्ध गराइने बताइएको छ ।