ओलम्पिकका लागि रोबोट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक तथा प्याराओलम्पिक खेलका लागि टोयोटाले ७ वटा रोबोट निर्माण गरेको छ । यी रोबोटले दर्शक तथा खेलाडीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै फिल्डमा खटिएका स्टाफहरूलाई सहयोग समेत गर्नेछन् । यी रोबोटले खेल हेर्न आएका अपांगहरूलाई सिटमै खान पुर्‍याउनेदेखि सिट खोज्नसमेत सहयोग गर्नेछन् । ती रोबोटमध्ये मिरायटोभा र सोमायटी नामक मस्कटले मानिससँग कुराकानी पनि गर्ने बताइएको छ । टी–एचआर–३ नामक ह्युमनाइड रोबोटले भ्वाइस कमान्डको पालना गर्छ । टोयोटाले यी रोबोटको डिजाइन मोबिलिटी फर अल कन्सेप्टमा गरेको हो ।