पट्याउन मिल्ने फोन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

थ्रीडी रेन्डर्सले ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) सम्बन्धी जानकारी रेन्डर्स डब्लूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रोपर्टी अर्गनाइजेसन) को साइटमा उपलब्ध गराइएको छ । मोनोक्रोममा उपलब्ध उक्त थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंजसहितको उपकरण देखाएको छ । उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक् देखिन सघाएको छ । यो फोनको डिस्प्ले खुल्ला राख्दा प्रयोगकर्तालाई अझ जीवन्त स्क्रिनको अनुभव प्रदान गर्छ भने पट्याएर राख्दा यसले अझ उपयोगी उपकरणका रूपमा काम गर्छ । यो फोनमा प्राइमरी (हेर्दा डुअल झैँ देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ । ओपोले आफ्नो यो पट्याउन मिल्ने उपकरणका बारेमा कुनैपनि कुरा आधिकारिक रूपमा घोषणा गरिसकेको छैन । यसको मूल कारण फोन पूर्ण रूपमा तयार भैनसक्नु हो ।