पाकिस्तानमा सैन्य विमान दुर्घटना

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

पाकिस्तानको रावलपिण्डी सहरको एक बस्तीमा जुलाई ३० का दिन बिहानै सैनिक विमान दुर्घटना हुँदा विमानमा सवार रहेका ५ चालकदलका सदस्य र १२ जना सर्वसाधारणको ज्यान गएको छ । नियमित सैन्य तालिमका लागि उडान भरिरहेको विमान एक्कासी बस्तीमा झरेको थियो । उक्त दुर्घटनामा परी १२ जना सर्वसाधारण घाइते भएका छन् । कुन विमान दुर्घटनामा परेको हो भन्ने बारे सेनाले केही पनि उल्लेख गरेको छैन । दुर्घटना भएको क्षेत्रका दर्जनौं घरमा नोक्सानी पुगेको छ । रावलपिण्डी पाकिस्तानको राजधानी नजिकैको सहर हो र त्यहाँ नै सेनाको मुख्यालय पनि रहेको छ ।