चाडपर्वमय नेपाली मन, एनआरएनएमय नेपाल
शरद ऋतुको शुरुवाती संगै, आकाश खुल्न थाल्छ प्रकृति आफै सिङ्गारिदै मुस्कुराउछिन् अनि सुरु हुन्छ हाम्रा चाडपर्बहरू । कृषिप्रधान देश नेपालमा ऋतुको विचार गर्दै खेतीपाती लगाएर थन्काउनु भन्दा अगाडिको समयमा मनाइने हाम्रा चाडपर्वहरूले सवैलाई प्रशन्न बनाएका हुन्छन् । रोजगार र व्यवसायको सिलसिलामा देशभरी र अहिले त संसारभरी नै छरिएका नेपालीहरू यही चाडपर्वको मेसो मिलाएर आफ्नाहरू सँग सुख–दुःख साट्न आफ्नै घर आँगनी पुग्छन् । कम्तिमा वर्षको एक पटक आफ्ना ईष्टभित्र र नाता गोताहरूलाई भेटछन् । कृष्णजन्माष्टमीको वरपरबाटै सुरु भएको यस पटकको चाडपर्बमय माहोल देशमा मात्र होइन परदेशमा समेत महिना दिन अगाडिदेखि रातो पहिरनले धपक्क बल्यो, तीजका गीतहरू भूगोलको सिमाहरू पार गर्दै गुञ्जिए र मिष्ठान भोजनका स्वादमा हाम्रा चेली बेटीहरू आफू मात्रै रमाएनन् आफू वरपरका वातावरण नै रमणीय बनाए । तीज सकिनासाथ मुस्लिम समुदायको इद उल अजाह त्यस पछि हिन्दूहरूले सोह्र श्राद्धमा पितृहरू सम्झिसकेपछि दसैं, तिहार र छठ पर्वसंगै सारा नेपाली मन एकचोटी फेरि चाडपर्वमय हुँदैछ । देशमा बिकास निर्माण र नीति नियमहरू कछुवा कै गतिमा रहेको अवस्थाका वावजुद उल्लास र विजयको प्रतीकको रुपमा मनाइने हाम्रा चाडपर्बहरूले एक चोटी फेरी हामी सवैलाई धार्मिक आस्था भन्दा माथि उठेर सांस्कृतिक महत्व, सहिष्णुता र आपसी सद्भावको सन्देशले भातृत्वमा गाँस्ने छ ।
यस पटकको दसैं–तिहारको सेरोफेरोमा अक्टोबर १६ देखि १८ सम्म एनआरएनएको केन्द्रिय सम्मेलन काठमाडौंमा हुँदैछ । त्यसैले पनि एक काम दो पन्थ भने जस्तै बिश्व भरि छरिएर बसेका धेरै भन्दा धेरै एनआरएनए अभियानकर्ता र प्रबासी नेपालीहरू यतिबेला नेपाल पुगेका छन् । ८० देशमा फैलिएको एनआरएनए बिश्व संजालको प्रत्येक २÷२ वर्षमा नेपालमा हुने बिश्व सम्मेलन धेरै प्रबासी नेपालीहरूका लागि आफैमा एउटा चाड हो । सम्मेलनले नयाँ नेतृत्व त छान्छ नै त्यो भन्दा पनि नेपाल सरकारले प्रबासी नेपालीहरू संगका सबालमा लिने बिबिध नीति निर्माणमा एनआरएनका हक हितमा लबिङ्ग गर्छ भन्ने धेरैको बिश्वास पनि छ । त्यो बाहेक प्रबासमा सिकेको ज्ञान शिप र आर्जेको अर्थलाई देशसम्म पुगेर लगानी गर्दा सहज वाताबरण बनोस बर्षौदेखिको अलमल नीति नियम र कर्मचारीको रबैयाले देशमा केहि गर्न खोज्नेको मन नअमिलियोस् । एनआरएनए अभियानकर्ताहरू ले पद कै लागि रस्सा कस्सि मै सम्मेलनको ३ दिन बिताउनु भन्दा यस्ता कुराहरू मा पनि ध्यान दिउन् ।
अन्त्यमा, प्रबासको पीडा, आफ्ना सँग टाढिनुको व्यथा, वर्षभरीका थकान, तनावका क्षणहरूलाई विर्साउँदै हामी सबै आफ्ना आस्था र विश्वास अनुसारका चाडपर्वमा रमाऔं । सदियौंंदेखि हामीले मनाएका चालचलन र परिपूरकका रुपमा रहेका हाम्रा भिन्न–भिन्न संस्कृतीलाई त्यही नै सुन्दरताले छोप्दै सवैको सु–स्वास्थ्य र दिर्घायुको कामना गरौं । एक अर्कामा सहभागी हुँदै हाम्रा सवै चाडपर्वहरू सामञ्जस्य र उल्लासमय तरिकाले स्वागत गर्दा हामीबीचको आत्मियता, माया र आफ्नोपन झन् वढ्दै जानेछ । सत्य र विजयको प्रतीक अनि यसैको सेरोफेरोमा मनाइने हाम्रा चाडपर्वहरू ले हामी सबैलाई सकारात्मक सोच सहित अगाडि बढ्न पे्ररणा दिओस् । चाडबाड मनाउन अनि एनआरआरएनएको सम्मेलनमा नेपाल पुगेका सबैको समय राम्रो बितोस् आ–आफ्नो लक्ष्य पूरा गरि सबैको सकुशल कर्मभूमिको यात्राको सबैले कामना गरौं । सवैको जय होस् । सवैको भलो होस् ।
ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय । ॐ शान्ति शान्ति शान्ति ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...