खेलकुदले दिएको सहश्र खुसी

-- सम्पादकीय डिसेम्बर अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २, २०७६

नेपालमा भर्खरै १३ औं दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न भएको छ, निराश र अस्तव्यस्तबीच नेपाली जनमा सकारात्मक सोच सहित बिजयीभावले देश यति बेला खुसी र हर्ष उल्लाशले तरंगित छ । नेपाल सम्भाव्यताको खानी हो, धेरै साधान र श्रोतहरु को उचित सदुपयोग र व्यवस्थापन हुन सक्ने हो भने बिश्व मानचित्रमा हामीले नेपालको परिचयलाई छुट्टै रुपमा स्थापित गर्न सक्छौ भनेर हामीले धेरै पटक भनेका छौ, यसै संग अव अर्को एउटा सम्भाव्यता पनि जोडिएको छ, त्यो हो खेलकुदको । हो धेरै सम्भावना बोकेका खेलाडीहरु हामी संग छन भन्ने प्रष्ट सुचक यस पटक नेपालले जितेको पदक संगै हामीले पायौ । बैज्ञानिक, समय सापेक्षिक र ब्यबहारिक ज्ञान र अभ्यासले निखार्न सके हाम्रा खेलाडीहरु ले सागमा मात्र होइन बिश्व प्रतिस्पर्धा मै चन्द्र सुर्य झण्डा सानका साथ फहराउन सक्छन् भन्ने धेरै उदाहरण हाम्रा खेलाडीहरु ले यति बेला प्रस्तुत गरे ।
नेपाल सरकार नेपाल भ्रमण वर्ष २०२० को तयारी गर्दै गरेको पूर्वसन्ध्यामा नेपालमा सम्पन्न यी खेलहरुले पक्कै पनि दक्षिण एसियामा नेपालीहरुको मित्रवत व्यबहार नेपालको प्राकृतिक सम्पदाको पनि राम्रै बर्णन गरे । त्यो बाहेक प्रकृतिले धपक्क सिङ्गारिएकी पोखरा र धार्मिक महत्वको अनुपम भूमि जनकपुरधाममा समेत केहि खेलहरु सफलताका साथ सम्पन्न गरेर आयोजक र नेपाल सरकारले काठमाडौं बाहिरबाट पनि बिश्व समुदायले मीठो स्वागत गर्ने मौका दियो ।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स गरि ७ देश, २७ भिन्न भिन्न खेलहरु, दुईहजार नौ सय दश कुल खेलाडीहरु रहेको यो प्रतियोगिता सफलताका साथ सम्पन्न गरेर नेपालले अब विश्व स्तरका प्रतियोगिताहरु पनि संचालन गर्न सक्छ भन्ने संदेश दिन सफल भएको छ । सन् १९८४ मा पहिलो साग प्रतियोगिता संचालन गर्ने जिम्मा नेपालले नै पाएको थियो आज ३५ बर्ष पछाडि पुनः यो ऐतिहासिक जिम्मेवारीलाई नेपालले पुरा गरेको छ । १९८४ बाट १९८६ मा प्रत्येक वर्ष सम्पन्न हुँदै आइ रहेको यो प्रतियोगिता १९८७ मा कमनवेल्थ र एसियन गेमको कारण स्थगित भएको थियो । तत् पश्चात साग प्रतियोगिता वर्षेनी नगरी प्रत्येक २ वर्षमा मात्र हँुदै आएको छ ।
धर्म जात भूगोल र वर्णभन्दा माथि उठेर एकताको सुत्रमा बाँध्ने कुनै एक माध्यम छ भने त्यो खेलकुद नै हो । यति बेला सारा नेपालीहरु लाई हाम्रा खेलाडीहरु ले दिएको अद्भुत खुसी शब्दमा व्यक्त गर्न नमिल्ने छन् । पदक तालिका अनुसार दोश्रो स्थान र धेरै खेलहरु मा नयाँ इतिहास र कृतिमान राख्न हाम्रा खेलाडी युवाहरु र चेलीहरु सफल भएका छन् ।
नेपालको प्राकृतिक विविधताले भोलिका दिनमा विविध साहसिक खेलहरु खेल्न पनि नेपाल योग्य देश रहेको यसभन्दा अगाडि धेरै पटक आएका कुरा हुन् । हामी संगै खेलको अनुशासन र मर्यादालाई नजिकबाट चिन्ने बुझ्ने यति धेरै खेलाडीहरु र प्रशिक्षकहरु हँुदै गर्दा अब हामीले नेपालमा गर्न सकिने अन्य साहासिक खेलहरु का बारेमा पनि बाटो खुल्ला गर्दै सम्भावनाहरु लाई नजिक्याउदै गर्नु पर्दछ ।
प्रतियोगिताका नजिकै केहि नमीठा समचारहरु पनि आए । जस्तो कि हाम्रो व्यवस्थापकीय कमजोरीका कारण खेल मैदान, खेल तालिकाहरु अन्तराष्ट्रिय मान्यता अनुरुप नभएकादेखि हर रंगशाला र खेल मैदान भित्र शौचालय र चेन्ज रुमका कुराहरु पनि आए । बिभिन्न मध्यमबाट उठेका यी कुराहरु लाई सिक्ने अबसरको रुपमा लिएर व्यवस्थापन पक्षले सुधार्दै लाने नै छ । अर्कोतिर केहि खेलाडीहरु का दुखेसो र खेलप्रति राष्ट्रले देखाएको उदासिनताले कति खेलाडीहरु खेल कै मुखसम्म पनि पलायन हुन परेका कुराहरु पनि आए । हुन त यी कुराहरु नयाँ त होइनन् तर अहिलेको प्रतिस्पर्धात्मक युगमा हामीले हाम्रा खेलहरु लाई व्यवसायिक बनाउन नसक्नु र हाम्रा खेलाडीहरु जिविकोपार्जन कै लागि आफ्नो रचानात्मक उर्जा खर्च गर्नु पर्ने सबैको लागि दुःखद पाटो हो । सरकारी स्तरबाटै बिज्ञहरु को सल्लाह लिंदै यी कुराहरु को सम्बोधन हुँदै जानु पर्दछ । अन्त्यमा यस पटक साग प्रतिस्प्रर्धामा सहभागी ५९९ सबै नेपाली खेलाडीहरु हामी सबै नेपालीका लागि बिजियी छन् त्यसमा पनि पदक जितेर नयाँ कृतिमान राखेर राष्ट्रको नाम उचों राख्ने सबै खेलाडीहरु लाई सलाम ।