एनआरएनए अष्ट्रेलिया कार्यसमितिले पूर्णता पायो !

थप डाइरेक्टरहरुमा नन्द गुरुङ र कोमल राज पाठक मनोनित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस २८, २०७६

अन्तत, एनआरएनए अष्ट्रेलिया २०१९ – २०२१ कार्यसमितिले पूर्णता पाएको छ ।

बैधानिक प्राबधान अनुसार २ जना डाइरेक्टर सहित ५ जना कार्यसमिति सदस्यहरु निर्वाचित कार्यासमितले मनोनित गर्नुपर्ने थियो ।  तदानुसार यही जनवरी १२ आइतबारका दिन बसेको कार्यसमितिको बैठकले उक्त मनोनयन सम्पन्न गरेको हो ।

मनोनित डाइरेक्टरहरुमा एनआरएनए पुर्व उपाध्यक्ष नन्दु गुरुङ प्रबक्तामा मनोनित भएका छन् भने नेपाली अस्ट्रेलियन युथ एशोसियसन, अस्ट्रेलिया ( NAYA) का संस्थापक अध्यक्ष कोमल राज पाठक पब्लिक अफिसरमा मनोनित भएका छन् ।  कार्यसमितिका सदस्यहरुमा न्युसाउथवेल्सबाट पूर्णनाथ घिमिरे, साउथ अष्ट्रेलियाबाट प्रजिता गेलाल,  कुविन्सल्याण्डबाट रदिप थापालाई मनोनित गरेको छ ।

कार्यसमितिका सदस्य र डाइरेक्टर ( पदाधिकारी ) संगै एनआरएनए अस्ट्रेलियाले २५ जना सल्लाहकारहरु को पनि मनोनयन गरेको छ । सल्लाहकारमा एनएसडब्लुबाट केशव सापकोटा, विवेक थापा, दिनेश राज जोशी, दिनेश पोख्रेल,  सिर्जना संग्रौला, चोलाकान्त भुसाल, गणेश तामांग, सुजित सिग्देल, हेमन्त काफ्ले, दिप नारायण चौधरी, बालचन्द्र भट्टराई, हिमलाल गैरे, डा. कृष्ण श्रेष्ठ र त्रिलोचन पोख्रेल रहेका छन् ।

यसैगरि भिक्टोरियाबाट श्री पन्त, सुनिल भण्डारी, बिनित शर्मा, कुविन्सल्याण्डबाट नरेन्द्र श्रेष्ठ, बामदेब पौडेल, वेस्टर्न अष्ट्रेलियाबाट डम्बर श्रेष्ठ रहेका छन् ।  त्यस्तै अन्य सल्लाहकारहरुमा नर्दर्न टेरिटोरीबाट नबिन वाग्ले, साउथ अष्ट्रेलियाबाट सुर्य आचार्य, प्रविन गुरागाईं, एसिटिबाट दुर्गादत्त कंडेल र तास्मेनियाबाट अनिल श्रेष्ठ रहेका छन् ।

थुप्रै बाचा र प्रतिबद्धता सहित गत जुलाईमा निर्वाचनमा होमिएको बर्तमान कार्यसमितिले पूर्णता पाउन मै ६ महिना लगाएको छ । यसका पछाडी के कारण होला भनि सोध्दा कार्यसमिति निर्माणका लागि निर्वाचन प्रणालीमा भाग लिदै गर्दा थुप्रै मानिसहरु लाई मिलाएर जानु पर्ने अवस्था आएको थियो । मनोनित गर्दै गर्दा ति सबैलाई उचित समायोजन गर्नु समय लागेकोले मनोयन प्रक्रिया लम्बिएको नाम नखुलाउने सर्तमा कार्यसमितिका एक सदस्यले नेपाली टाईम्स बताए ।

एनआरएनए अस्ट्रेलियालाई एउटा गतिशील अभियानको रुपमा अगाडी बढाउन थुप्रै कार्यदलहरु पनि निर्माण गरिनु पर्ने प्राबधान रहदै आएको छ ।  अहिलेको कार्य समितिले अझै कार्यदल निर्माण गरिसकेको छैन ।  दुइ जना डाइरेक्टरको पनि नियुक्ति गरि कार्य दल निर्णय प्रक्रियामा उहाँहरु लाई पनि सामेल गराईने उद्देश्य अनुरुप अब केहि दिन मै कार्यदल निर्माण पनि सम्पन्न हुने बुझिएको छ ।