मिजौरीमा आन्मा र नासाको संयूक्त सम्मेलन हुँदै

न्यूयोर्क,
मध्यपश्चिम तथा दक्षिण पुर्वि अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासिय नेपालीहरुको साझा दुई संस्थाको १२ औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लुईसस्थित मिजौरी राज्यको डबल ट्रि हिल्टन होटलमा हुने भएको हो । अमेरिकामा रहेका नेपालीहरु र नेपालबाट आउने विशिष्ट पाहुना तथा कलाकारहरुसहित करिब सात सय जति नेपाली सहभागी हुने सो कार्यक्रम सम्मेलनको संयोजन सेन्ट लुईसस्थित नेपाल चौतारीले गरिरहेको छ ।
संयूक्त सम्मेलनका लागि नेपाल चौतारीका अध्यक्ष बलराम पन्थिको अध्यक्षतामा नासा र आन्माको संयुक्त नौ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । सम्मेलनको सफलताका लागि अमेरिकामा रहेका नेपाली समुदायलाई सहभागी हुन नासाका अध्यक्ष विमल नेपाल, आन्माका अध्यक्ष शुसिल शर्माले संयूक्त आव्हान गरेका छन । सम्मेलनमा नेपालबाट विशिष्ठ पाहुनाहरु, ख्याती प्राप्त कलाकारहरुको समुह तथा अमेरिकामा रहेका व्यवसायिक तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने नासाका महासचिव शिव विष्टले बताए ।
प्रवासमा नेपाली भाषा साहित्य संस्कृतिको संरक्षण, नेपालीहरुबीच आपसी भाईचारा बढाउन एकताका लागि फलदायी हुने भएकोले कार्यक्रममा विभिन्न विषयमा विचार गोष्ठि, नेपाली संस्कृति झल्काउने गीत संगीत, मनोरन्जनात्मक कार्यक्रम, खेलकुद र सुचना प्रविधि बारेमासमेत जानकारीमुलक हुने भएकोले सो सम्मेलन ऐतिहासिक हुने नासाका महासचिव विष्टले बताए । हरेक बर्ष आयोजना हुँदै आईरहेकोे ११ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको हाई प्वाईन्टमा टिएनसिसिको संयोजनमा सम्पन्न भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...