प्रतिबन्ध खुकुलो गर्दै चीन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६

चीनले कोरोनाका नयाँ संक्रमित संख्यामा कमी हुन थालेपछि आवतजावत माथिको प्रतिबन्ध खुकुलो गर्दै लगेको छ । रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अधिकारी लियु सियाओफेङका अनुसार प्रतिबन्ध फुकुवा गरिएसंगै सुपरमार्केटहरू व्यस्त देखिन थालेका छन् । डिसेम्बरयता पहिलो पटक बेइजिङ र सांघाईसहित २० प्रान्तमा कोरोना संक्रमितको संख्या शून्य भएको केन्द्रले जनाएको छ । कोरोनाको उद्गमस्थल हुबेई प्रान्तलाई छोडेर अन्य प्रान्तलाई हेर्ने हो भने चीनमा फेब्रुअरी २४ मा मात्र ९ जनामा संक्रमण पाइएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । हालसम्म चीनमा कोरोनाले २ हजार ७ सय १५ जनाको मृत्यु भएको छ र ७८ हजार ६४ संक्रमित भएका छन् ।