साना ब्यबसाय सहयता अनुदान – आवेदनको म्याद थप !
३० जुन सम्म आवेदन भर्न सकिने ।

कोभिड-१९ को मारमा परेका साना ब्यबसायी हरुलाई न्यु साउथ वेल्स सरकारले प्रदान गर्ने अनुदानको लागि आवेदन दिने म्याद १ महिनाका लागि थप गरिएको छ । साना ब्यबसाय हरुलाई सरकारले अर्थतन्त्र र समग्र रोजगारीको मेरुदण्ड मानेको छ । तसर्थ यस्ता ब्यबसायहरु लाइ बन्द हुनबाट रोक्न राज्य सरकारले सुरुमै आफुले सक्दो सहयोग गर्ने बताएको थियो । यो अनुदान केन्द्र सरकारले प्रदान गरेको जब किपरको अतिरिक्त सहयोग हो । अनुदान अष्ट्रेलियन डलर १० हजारको छ ।
यो नगद अनुदान कम्तिमा १ देखि बढीमा १९ जनासम्म फुल टाईम कर्मचारी भएका साना ब्यवसायीहरु लाई प्रदान गरिने घोषणा गत अप्रिल ३ मै गरिएको थियो। बार्षिक ७५,००० भन्दा धेरै आए व्यय (टर्नओभर) भएका र कोभिड-१९ बाट अति प्रभावित ब्यबसायीहरु लाइ आफ्नो ब्यवसाय संचालन गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो फण्ड छुट्टयाईएको जानकारी एनएसडब्लु राज्य सरकारले जनाएको छ ।
सुरुमा घोषणा गरिए अनुसार आवेदनको म्याद ३० मे सम्म मात्र थियो भने अब यो बढाएर ३० जुन सम्म आवेदन दिन सकिने भएको छ । यस सम्बन्धमा ३० मे शनिबारका दिनका दिन ट्रेजरर डोमिनिक पेरोटेट, ग्राहक सेवा मन्त्रि भिक्टर डोमिनेल्लो र अर्थ तथा साना ब्यबसाय सम्बन्धि मन्त्रि ड्यामियन टड्होप द्वारा आयोजित सयुक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
साना ब्यबसायीहरु लाइ प्रदान गरिएको अनुदानले अहिलेसम्म करिब ४० हजार ब्यबसायीहरु लाभान्वित भैसकेका छन् | यो थप प्रदान गरिएको एक महिना समयमा छुटेका ब्यबसायीहरु पनि लाभान्वित हुने सरकारले अपेक्षा राखेको छ ।
थपिएको म्याद अनुसार अब जुन ३० तरिख रति ११.५९ सम्म मापदण्ड पुर्याएर गरिएको आबेदनलाइ सरकार ले $१०,००० अनुदान प्रदान गर्ने भएको छ। आवेदन फर्म र मापदण्डहरुका बारेमा जानकारी तलको लिंक मार्फत प्राप्त गर्न सकिने छ ।
www. service.nsw.gov.au/covid-19 वा www. nsw.gov.au/covid-19

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...