३४ वर्षीय अभिनेताको आत्महत्याले शोकाकूल बलिउड

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ८, २०७७

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले ३४ वर्षको उमेरमा गत जुन १४ का दिन आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए ।
राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए ।
३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए ।
उनको पछिल्लो चलचित्र ‘छिछोरे’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
समाचारमा जनाइ अनुसार उनी पछिल्लो केही दिनदेखि बिरामी थिए ।
लकडाउन अवधिभरी उनी घरमा एक्लै बसेको मुम्बई प्रहरीले जनाएको छ ।
उनले सन् २००८ मा किस देशमे है मेरा दिल शीर्षकको सिरियलबाट अभिनय यात्रा प्रारम्भ गरेका थिए भने पवित्र रिश्मार्फत उनी दर्शकमाझ स्थापित भएका थिए ।

को हुन् सुशान्त ?
सुशान्त सिंह राजपूत हिन्दी चलचित्रहरुमा अभिनेता सक्रिय हुँदा–हुँदै समेत थिएटर तथा टेलिभिजन अभिनेताको रुपमा समेत स्थापित थिए ।
टेलिभिजन सिरियल पवित्र रिश्मामार्फत दर्शकमाझ बेग्लै छाप छोड्न सफल सुशान्तले त्यही सिरियलपछि बलिउडका आफ्नो ढोका खोल्न सफल भएका हुन् ।
सुशान्त सिंह राजपूतको जन्म पटना, बिहारमा भएको थियो । उनका बुवा सरकारी अधिकृत हुन् । उनको परिवार सन् २००० को प्रारम्भमा दिल्लीमा सेटल भएको थियो ।
सुशान्तका चार जना दिदीहरु छन् । उनी परिबारका कान्छा र एक मात्र छोरा हुन् । उनकी आमाको सन् २००२ मै निधन भएको थियो । हाल पटनाको उनको घरमा उनका बुवामात्र बसोबास गर्छन् । दिदीहरुमध्ये एक मीतू सिंह भारतको राज्य स्तरकी क्रिकेट खेलाडी पनि हुन् ।
सुशान्तको प्रारम्भिक अध्ययन सेन्ट क्यारेन्स हाई स्कूल, पटनामा भएको थियो । त्यसपछिको अध्ययन उनले दिल्लीको कुलाची हंसराज मोडल स्कूलबाट पुरा गरे । त्यसपछि उनले दिल्ली कलेज अफ इन्जिनियरिङबाट मेकानिकल इन्जिनियरिङको अध्ययन पुरा गरेका थिए ।
सुशान्तको करियरको थालनी ब्याकअप डान्सरको रुपमा भएको थियो । उनले फिल्मफेयर एवार्ड्समा पनि धेरै पटक डान्स गरेका थिए । त्यही बेला उनीमाथि सबैभन्दा पहिला बालाजी टेलिफिल्म्सको कास्टिङ टिमको नजर परेको थियो ।
उनीहरुलाई सुशान्तको हाउभाउ र व्यक्तित्व मन परेपछि बालाजीको टेलिसिरियल ‘किस देश में है मेरा दिल’ मार्फत अभिनय यात्रा प्रारम्भ गर्ने मौका पाएका थिए । जसमा उनले प्रीत जुनेजाको चरित्र निर्वाह गरेका थिए । तर, जीटिभीको सिरियल ‘पवित्र रिश्ता’ उनको अभिनय करियरको कोशेढुंगा सावित भयो ।
त्यसपछि उनी डान्स रियालिटी शो ‘जरा नच के दिखा २’ तथा ‘झलक दिखला जा ४’ मा पनि देखिएका थिए । त्यसपछि सुशान्तले बलिउडका चलचित्रमार्फत आफ्नो यात्रा अघि बढाएका थिए । ‘काय पो चे’ चलचित्रमार्फत उनले बलिउड यात्रा प्रारम्भ गरेका थिए ।
काय पो चे, शुद्ध देसी रोमान्स, पीके, एमएस धोनी, राब्ता, केदारनाथ, छिछोरे, ड्राइभ, सोन चिडिया, डिटेक्टिभ बोङकेस बक्सी, दिल बेचारा आदि सुशान्तले अभिनय गरेका सफल चलचित्रहरु हुन् ।

सुशान्तसंग सम्बन्धित केही तथ्यहरु
सुशान्त अध्ययनमा निकै अब्बल थिए, त्यसका कारण उनी थुप्रै परीक्षाहरुमा बसे र सफल सावित भए । तर, उनलाई त आफ्नो करियर चलचित्रमा बनाउनु थियो, त्यसैले उनी पहिला दिल्ली आएर त्यसपछि मुम्बईको यात्रा तय गरे ।
सुशाान्त चर्चित कोरियोग्राफर श्यामक डावरका छात्र समेत रहे । सुशान्तले सन् २००६ को कमनवेल्थ गेममा पनि उनले आफ्नो प्रस्तुती दिएका थिए । त्यसपछि ५१ औं फिल्मफेयर एवार्ड्समा पनि उनले ब्याकग्राउण्ड डान्सरको रुपमा काम गरेका थिए ।
मुम्बई आएपछि उनले एउटा डान्स गु्रपसंग पनि प्रस्तुती दिएका थिए, जसलाई चर्चित कोरोयोग्राफर ऐश्ले लोबोले प्रशिक्षित गरेका थिए । त्यसपछि उनी थिएटरमा भर्ना भए । शायद यही कारणले उनी एक मेहनती अभिनेता बन्न सफल भए ।
उनले चर्चित एक्शन निर्देशक अलन अमीनसंग मार्शल आर्ट्स पनि सिकेका थिए ।
चर्चित टेलिभिजन सिरियर पवित्र रिश्तामा अभिनय गर्नुअघि उनले किस देश में है मेरा दिलमा अभिनय गरेका थिए । पवित्रा रिश्तामा निर्वाह गरेको आफनो चरित्र मानव देशमुखमार्फत उनी घर–घरमा मन पराइने व्यक्तित्व बनेका थिए ।
उनी ‘जरा नच के दिखा २’ र ‘झलक दिखला जा ४’ जस्ता लोकप्रिय डान्सिङ शोहरुको पनि प्रतिस्पर्धि रहेका थिए भने झलक दिखला जा ४ को क्रममा उनले मोस्ट कन्सिस्टेन्ट परफर्मरको टाइटल पनि प्राप्त गरेका थिए ।
आफ्नो पहिलो फिल्मबाट नै दर्शकहरुको आँखामा पर्न सफल भएका सुशान्तको लागि पनि जीवन सहज रहेन । आमा–बुबाको इच्छा विपरित उनले फिल्म क्षेत्रलाई आफ्नो भविष्यको रुपमा लिए र उनले यो क्षेत्रमा आफ्नो भिन्दै परिचय स्थापित गर्न सफल भए ।
फिल्म काय पे चे मा उनले निभाएको भुमिकाको प्रेरणा उनले आफ्नी दिदी मीतू सिंहबाट पाएका थिए । मीतू सिंह राज्य स्तरको क्रिकेट खेलाडि हुन् ।
एउटा साधारण परिवारको भएको र उनको कुनै फिल्मको ब्याकग्राउन्ड नभएका कारण शुरुमा उनीसंग कुनै पनि अभिनेत्री काम गर्न चाहदैनन थिए । फिल्म ‘शुद्ध देसी रोमान्स’ यो कुराको उदाहरण हो । लामो समयपछि यो फिल्मका लागि परीणित चोपडाले साइन गरेकी थिइन् ।
उनको प्रेम सम्बन्धका कारण पनि उनी समय समयमा पत्रपत्रिका र टेलीभिजनको समाचारमा छाइरहन्थे । उनकी प्रेमिका अंकिता लोखन्डेसंग धेरै लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो र उनीहरु एकसाथ लिभइनमा रहेको पनि खबर आएको थियो ।

यी दुई प्रेम जोडिको भेट पहिलो पटक ‘पवित्र रिश्ता’ को सेटमा भएको थियो र यो भेट विस्तारै प्रेममा परिणत भयो ।
दुवैबीच त्यस्तो गहिरो प्रेम थियो, यदि कुनै फिल्ममा सुशान्तले चुम्बनको दृष्य गर्नु पर्यो भने उनी यस्तो दृष्यका लागि अंकिताको स्वीकृती लिने गर्थे ।
फिल्म डिटेक्टिव ब्योमकेश बक्शीका कारण उनी चर्चामा रहेका थिए । दर्शकले सुशान्तको भुमिकालाई अति नै मन पराएका छन् ।
निर्देशक दिबाकर बेनर्जीका अनुसार ब्योमकेश बक्शीको भुमिकाको लागि उनको पहिलो रोजाई सुशान्त सिंह नै थिए । फिल्ममा उनको र अभिनेत्री स्वास्तिका मुखर्जीबीच लामो चुम्बनको दृष्य रहेको छ,जुन रणवीर सिंह र दीपिका पादुकोण अभिनित रामलीलामा रहेको चुम्बनको दृष्य भन्दा पनि लामो रहेको भनिन्छ ।
उनले एम.एस धोनीमा बनेको बायोपिकमा पनि धोनीको भुमिका निभाएका थिए ।