कोरोनाको कहर : तीजको रहर

-- सीता खनाल / प्रकाशित मिति : आइतवार, साउन ३२, २०७७

तीज गीत

गाउन नै गाह्रो भयो नि मलाई (२)

विपत्तिको गीत निरजाले हो विपत्तिको गीत

यसको औषधि देखिन मैले (२)

विश्वमै कोइसित निरजाले हो विश्वमै कोइसित

 

यो बिपत्तिको नाम कोरोना रे (२)

दिनुस है सबैले ध्यान निरजाले हो दिनुस है सबैले ध्यान

सामाजिक दुरी नअप्नाएमा (२)

लिन्छ रे यसले ज्यान निरजाले हो लिन्छ रे यसले ज्यान

 

एउटा सानो भाइरसले गर्दा (२)

राख्यो घरमा थुनि निरजाले हो राख्यो घरमा थुनि

विश्वभर अव कति हुनेछन् (२)

खान नपाई रुनी निरजाले हो खान नपाई रुनी

 

के हुँदै गयो यो विश्वभरी (२)

मन साह्रै रोको छ निरजाले हो मन साह्रै रोको छ

काम ठप्प हुँदा देखेनि मैले (२)

कयौं पेट भोको छ निरजाले हो कयौं पेट भोको छ

 

अर्थतन्त्र नि डामाडोेल भयो (२)

कोरोना भाइरसले निरजाले हो कोरोना भाइरसले

यो विपतमा नि भ्रष्ट्रचार गरे (२)

भन्छन् नि कसैले निरजाले हो भन्छन् नि कसैले

 

कोरोनाले त मार्ला नमार्ला (२)

मार्नेछ भोकले निरजाले हो मार्ने छ भोकले

आत्महत्याको बाटो रोज्नेछन् (२)

आर्थिक शोकले निरजाले हो आर्थिक शोकले

 

विदेशमा गका सन्तान हाम्रा (२)

पढ्न र कमाउन निरजाले हो पढ्न र कमाउन

यो बेला कतै सकेका छैनौ (२)

कोही पनि रमाउन निरजाले हो कोही पनि रमाउन

 

पहिला नि थिए सन्तान विदेश (२)

पीर थेन कत्ति नि निरजाले हो पीर थेन कत्ति नि

अहिले पो हेर्नु महामाारी रोगले (२)

पोल्दछ छाति नि निरजाले हो पोल्दछ छाति नि

 

आकाशमा उड्ने मालचरा हेर (२)

बन्देजमा भाछैनन् निरजाले हो बन्देजमा भाछैनन्

विदेशबाट हामरा सन्तान (२)

घर आउन पाछैनन् निरजाले हो घर आउन पाछैनन्

 

फर्कि आए नि अंकमाल गरी (२)

रुन नि नपाउने निरजाले हो रुन नि नपाउने

आफ्नै बाउआमाले आफ्नै सन्तान (२)

छुन नि नपाउने निरजाले हो छुन नि नपाउने

 

आए नि सातै समुन्द्र तरी (२)

पाएनन् घर पस्न निरजाले हो पाएनन् घर पस्न

पर्यो नि बरै आफ्ना नछोइ (२)

कोरेन्टाइन बस्न निरजाले हो कोरेन्टाइन बस्न

 

बाउआमा बुढा नेपालमा एक्लै (२)

सन्तान छौ कता त निरजाले हो सन्तान छौ कता त

विश्वभरी नै भाइरस फैलियो (२)

एउटै छ व्यथा त निरजाले हो एउटै छ व्यथा त

 

वर्ष दिनको तीज माइतिलाई सम्झि (२)

जान नि पाइएन निरजाले हो जान नि पाइएन

त्यही पीरले गर्दा खुसीले कोहिले (२)

गीत पनि गाइएन निरजाले हो गीत पनि गाइएन

 

मलामी भन्ने शब्द नि अब (२)

हराउँदै जानी भो निरजाले हो हराउँदै जानी भा

आफन्त मर्दा उठाइ अब (२)

सेनाले लानि भो निरजाले हो सेनाले लानि भा

 

पुकार गरौं सबैले मिलि (२)

कोरोना भगाउँला निरजाले हो कोरोना भगाउँला

कोरोना हार्छ अर्को साल हामी (२)

रमाइलो गरौंला निरजाले हो रमाइलो गरौंला

रमाइलो गरौंला मेरा साथी हो रमाइलो गरौंला ।