एक दिनमै १३ अर्ब डलरले बढेको सम्पत्ति

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ ९, २०७७

विश्वको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अमेजनका विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात सीईओ जेफ बेजोसको सम्पत्ति हालै एक दिनमै १३ अर्ब डलरले बढेको छ । ब्लुम्बर्ग बिलियोनियर इन्डेक्सका अनुसार हालै अमेजन कम्पनीको शेयर मूल्यमा ८ प्रतिशतले बढोत्तरी भएसँगै बेजोसको सम्पत्तिमा भारी वृद्धि भई एक खर्ब ८९ अर्ब ३० करोड डलर पुगेको छ । अर्बपतिहरुको दैनिक अद्यावधिक सम्पत्ति सार्वजनिक गर्ने ब्लुम्बर्ग बिलियनिर इन्डेक्स सन् २०१२ देखि प्रकाशित हुन थालेको हो । बेजोसको सम्पत्तिमा भएको यो दैनिक बढोत्तरी उक्त सूचकांक प्रकाशित हुन थालेयताको सबैभन्दा ठूलो बढोत्तरी भएको बताइएको छ । विश्वमा कोरोना भाइरस महामारीका कारण अन्य उद्योग व्यवसायहरु धरासायी बन्दै गएका भएपनि अमेजन कम्पनी र यसका सीईओ जेफ बेजोसका लागि भने फलिफाप भैरहेको छ । सन् २०२० सुरु भएयता मात्र बेजोसको सम्पत्तिमा ७४ अर्ब डलरले वृद्धि भएको छ ।